बेलको ह्याट्रिक, रियल मड्रिड फिफा क्लब विश्वकपको फाइनलमा

 पुष ५, २०७५ बिहीबार ६:४९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

ग्यारेथ बेलको ह्याट्रिकमा रियल मड्रिड फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि रियलले यूएईको अल एइनसँग खेल्ने भएको छ ।

बुधबार राति आबुधावीमा भएको खेलमा रियलले कासिमा एन्टलेर्सलाई तीन एकले हरायो । खेलको ४०  मिनेटसम्म गोलरहित बराबरी भएको खेलमो ४४ औं मिनेटमा बेलले गोल गर्दैै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एकगोलले अगाडी रहेको रियलले दोस्रो हाफमा दुई गोल थप्यो । ५३ औं मिनेटमा पुनः वेलले नै रियलका लागि गोल गरे ।  

कासिमाको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै रियलले गोल गर्न सफल भए । त्यसको दुई मिनेटपछि मर्सेलेको पासमा फेरी वेलले ब्यक्तिगत ह्याट्रिक पूरा गरे भने टिमलाई तीन शुन्यको अग्रता दिलाए ।

७० औं मिनेटमा कासिमाका लागि सोमा डोइले एक गोल फर्काएपछि हार टार्न सकेनन् । जारी प्रतियोगितामा बेलले गोल सख्या ६ पुर्‍याएका छन् । 

तर उनले फाइनल खेल खेल्नेमा भने शंका उब्जिएको छ । खेलको एक घण्टा छुनै लाग्दा उनी एंकलमा चोट बोक्दै मैदानबाट बाहिरीएका थिए । लगातार तेस्रो पटक क्लब विश्वकपको उपाधि जित्ने लक्ष्यमा रहेको रियललाई वेलको चोटले ला लिगमा पनि दबाव बढेको छ । त्यसभन्दा अगाडि शनिबार हुने क्लब विश्वकपको फाइनलमा वेल खेल्ने नखेल्ने भन्ने टुंगो छैन ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया