आगलागीमा तीन सन्तान गुमाएका पुनलाई ६ लाख सहयोग

 पुष ५, २०७५ बिहीबार १८:४३:३७ | हेमराज शर्मा
unn.prixa.net

दाङ –  दाङको विकट पहाडी क्षेत्र बंगलाचुली गाउँपालिका—८, गुरासेका अग्निपीडित नवराज पुनको परिवारलाई ६ लाख रुपैयाँ राहत प्रदान गरिएको छ ।

नवराजको परिवारलाई प्रदेश र जिल्ला विपद् व्यवस्थापन समितिबाट राहत प्रदान गरिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तीन लाख र जिल्ला दैवी उद्धार समितिको तीन गरी ६ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय दाङ मार्फत प्रदान गरिएको हो । प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले अग्निपीडित नवराज पुनलाई तीन/तीन लाखको चेक हस्तान्तरण गर्नुभएको थियो ।

मंसिर २७ गते बेलुकी घरमा आगलागी हुँदा पुनका दुई छोरी र एक छोराको जलेर ज्यान गएको थियो ।

प्रदेश सरकार र जिल्ला विपद् व्यवस्थापन समितिले प्रति व्यक्ति एक लाखका दरले ६ लाख राहत उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो  । यस्तै अग्निपीडित पुनलाइ घर निर्माणका लागि ४० हजार रुपैयाँ सहयोग गर्ने पनि प्रमुख जिल्ला अधिकारी रिजालले बताउनु भयो  ।
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया