यस्ता छन् शाहरुख खानको ‘जीरो’ का ५ विशेषता

 पुष ५, २०७५ बिहीबार १९:१२:३२ | एजेन्सी
unn.prixa.net

बलिउडका किङ्ग खान शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘जीरो’ यही शुक्रबार डिसेम्बर २१ मा प्रदर्शन हुँदैछ । यस फिल्ममा अभिनेता शाहरुख खानका साथ अभिनेत्री अनुष्का शर्मा र कट्रिना कैफको मुख्य भूमिका रहेको छ ।

यो फिल्मको ट्रेलर र गीतहरु सार्वजनिक भएसँगै चर्चामा रहेको ‘जीरो’ मा के कुरा विशेष छन् । दर्शकहरुले यसमा नयाँ कुरा के हेर्न पाउनेछन् यसबारेमा चर्चा गर्दैछौँ । 

पुड्का व्यक्तिको अवतारमा शाहरुख पहिलो पटक

अभिनेता शाहरुख खानको हातमा वर्ष २०१८ मा केवल एक मात्रै फिल्म रहेको छ र त्यो हो ‘जीरो’ । यस कारण पनि यो फिल्म शाहरुख खानका फ्यानका लागि विशेष रहेको छ । साथै उनी यस फिल्ममा यस्तो भूमिकामा छन् जुन भूमिकामा शाहरुख बलिउड करियरमा अहिलेसम्म देखिएका थिएनन् ।

शाहरुख यस फिल्ममा एक पुड्का व्यक्ति ‘बौआ’ को भूमिकामा देखिएका छन । जसको अनुभव शाहरुख खानका साथै उनका फ्यानका लागि समेत नयाँ हुन हुनेछ ।  

फिजिकल्ली च्यालेञ्ज्ड यूवतीको भूमिकामा अनुष्का शर्मा

फिल्मको ट्रेलर, गीत तथा पोष्टरमा हेर्दा अभिनेत्री अनुष्का शर्मा ह्वीलचेयरमा बसेकी देखिएकी छिन् ।  खबरहरुका अनुसार अभिनेत्री अनुष्का यस फिल्ममा नासाको वैज्ञानिकको भूमिकामा देखिएकी छिन् । तर उनी फिल्मभरी एक ह्वीलचेयरमै सीमित छिन् ।

अनुष्का शर्माले ‘जीरो’ की आफिया भिन्दरको भूमिकामा आफूलाई ढाल्नका लागि घरमा पनि ह्वीलचेयरमा बसेर अभ्यास गर्थिन् । यस फिल्ममा दर्शकले अनुष्का शर्मालाई ह्वील चेयरमा बसेरै नासामा वैज्ञानिकको काम गरेको देख्नेछन् । अनुष्का शर्मा र शाहरुख खानले फिल्म ‘रब ने बना दी जोडी’, ‘जब तक हे जान’, जब ह्यारी मेट सेजल’ मा एक साथ काम गरिसकेका छन् । 

नशामा डुबेकी कट्रिना कैफ

अभिनेत्री कट्रिना कैफ एक यस्ती युवतीको भूमिकामा देखिनेछिन् जो रक्सीको नशामा डुबेकी हुनेछिन् । कट्रिना कैफका फ्यानहरुका लागि उनी यस्तो अवतारमा देखिनु नौलो लाग्न सक्छ ।

अधिकांश फिल्महरुमा अभिनेताहरुलाई नशामा डुबेका भूमिका निर्वाह गरिरहेको हेर्दै आएका दर्शक फिल्म  ‘जीरो’ मा अभिनेत्री कट्रिनालाई उक्त भूमिकामा देख्नेछन् । 

शाहरुख खान र सलमान खान

यस फिल्ममा दर्शकले शाहरुख खानका साथै अभिनेता सलमान खानलाई पनि हेर्न पाउनेछन् । खबरहरुका अनुसार शाहरुखको ‘जीरो’ मा अभिनेता सलमान खानको धमाकेदार केमियो रहेको छ । 

अभिनेत्री श्रीदेवीको जीवनको अन्तिम फिल्म

अभिनेत्री श्रीदेवी यस संसारबाट बिदा भइसकेकी छिन् । खबरहरुका अनुसार फिल्म ‘जीरो’ अभिनेत्री श्रीदेवीको जीवनको अन्तिम फिल्म हो । श्रीदेवीको असामयिक निधन हुनुअघि नै उनले यस फिल्मको छायाँकंन गरिसकेकी थिइन् । यस फिल्ममा अभिनेत्री श्रीदेवी एक गीतमा देखिनेछिन् । 

साथै सुपरहिट फिल्म ‘तनु वेड्स मनु’ का निर्देशक आनन्द एल राय शाहरुख खानका साथ फिल्म ‘जीरो’ का साथ दर्शकमाझ आइरहेका छन् । तसर्थ यस पटक पनि आनन्दले उनको यस फिल्ममा हरेक पात्र तथा विषयबस्तुका लागि विशेष तयारीका गरेर आएको हुनसक्ने बताइएको छ । 


 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया