अमेरिकाले लगायो चीनमाथि सरकारी एजेन्सी ह्याक गरेको आरोप

 पुष ६, २०७५ शुक्रबार ८:४:४३ | एजेन्सी
unn.prixa.net

एफबीआईले आराेप लगाएकाे दुई ह्याकरकाे तस्बिर

अमेरिकाले चीनमाथि आफ्ना धेरै सरकारी एजेन्सीहरु ह्याक गर्ने प्रयास गरेको आरोप लगाएको छ । अमेरिकी न्याय विभागले चीनका दुई नागरिकहरुलाई उनीहरुले पश्चिमा देशहरुको सरकारी एजेन्सीहरुमाथि ह्याक गरेको आरोप लगाएको हो ।

अमेरिकी न्याय विभागका अनुसार यी दुई चिनिया नागरिकहरुको नाम झु हुआ र झैंग शिलोंग रहेको छ । उनीहरु एडभान्स परसिसटेन्ट थ्रेट १० समूहका सदस्य हुन् । जुन समूह चीनको गुप्तचर निकायसँग जोडिएको छ ।

अमेरिकाका साथै ब्रिटेनले पनि चीनमाथि सरकारी एजेन्सी ह्याक गरेको आरोप लगाएको छ । ब्रिटेनले चीनले दुई देशबीचको आर्थिक जासूसी सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ । 

अमेरिकी गुप्तचर निकाय एफबीआईका निर्देशक क्रिस्टोफरले पत्रकार सम्मेलनमा भनेका छन् ‘यो घटना एकदमै गम्भीर छ । यसले राष्ट्रिय सुरक्षामाथि नै खतरा पार्न सक्छ । चीन अमेरिकालाई हराएर विश्वको शक्तिशाली राष्ट्र बन्न चाहान्छ, त्यसैले हाम्रो देशको अर्थतन्त्रलाई धरासयी बनाउने प्रयास गरिरहेको छ ।’
एफबीआईका अनुसार ती ह्याकरहरुले अमेरिकी सेनाका कम्प्युटरसमेत ह्याक गरेका छन् र एक लाखभन्दा धेरै निजी कर्मचारीहरुका डाटा पनि चोरी गरेका छन् ।

अमेरीकाका डेपुटी एटर्नी जनरल रोड रोसनटीनले भनेको छ , चीनले सन् २०१५ मा भएको दुई देशबीचको आर्थिक साइबर जासुसी नगर्ने सम्झौता उल्लंघन गरेको छ ।

अमेरीकाका डेपुटी एटर्नी जनरल रोड रोसनटीन

ब्रिटेनले पनि भनेको छ आफ्नो सहयोगी देशको साथ मिलेर चीनमाथि दबाब दिन कोसिस गर्नेछ जसले गर्दा चीनले यस प्रकारको साइबर जासुसी गर्न रोक्नेछ ।

अमेरिका तथा ब्रिटेनबाहेक अस्ट्रेलिया, क्यानडा, जापान, नेदरल्याण्ड, न्युजील्याण्ड, स्वीडेनले पनि चीनमाथि यस प्रकारको आरोप लगाएका छन् ।  

अमेरिका र ब्रिटेनले ती कम्पनीहरुको नाम उल्लेख गरेको छैन जहाँको डाटा ह्याक भएको छ ।

– बीबीसी हिन्दीबाट
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया