शिक्षक–विद्यार्थी चढेकाे बस दुर्घटना, मृतककाे संङ्ख्या १६ पुग्याे

 पुष ६, २०७५ शुक्रबार १८:१४:३६ | हेमराज शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङ – तुलसीपुर–सल्यान सडकखण्ड अन्तर्गत सल्यानको कपुरकोटबाट वनस्पति उद्यानको  अवलोकन गरी दाङ फर्कदै गरेको बस राम्री भन्ने स्थानमा दुर्घटना भएको छ । दुर्घटनमा ज्यान गुमाउनेकाे संख्या १६ पुगेकाे छ ।

प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार बेलुका ४ः५० बजे तुलसीपुर–सल्यान सडकखण्डमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ को राम्री भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा ११ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

बस बाट तलखसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घटनामा उद्धार गर्न इलाका प्रहरी कार्यालय तुलसीपुरबाट डीएसपी प्रेम शाहीको कमाण्डमा १९ जनाको टोली र जिप्रका दाङबाट प्रहरी खटिएको छ ।

सल्यानको कपुरकोटमा रहेको मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण गरेर फर्कंदै गर्दा बस दुर्घटना भएको हो । बसमा शिक्षक तथा विद्यार्थी चढेको प्रहरीले जनाएको छ । कृष्णसेन बहुप्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी रहेकाे बस दुर्घटना भएको प्रहरीले जानकारी दिएकाे छ ।

घाइतेहरुलाई राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङमा ल्याई पुर्याइएको  प्रहरीले जनाएको छ ।
 

थप विवरण आउन बाँकी छ ।
 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया