शव वाहन नहुँदा समस्या

 पुस ८, २०७५ आइतबार १५:७:८ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – तेह्रथुम जिल्लामै एउटा पनि शव वाहन नहुँदा जिल्लावासी समस्यामा परेका छन् ।

जिल्ला अस्पतालमा मात्र हैन, जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तहरुको मृत्यु हुँदा समेत निजी सवारीमा बोकाएर आवत–जावत गर्नुपर्ने बाध्यता रहेको छ । निजी सवारी साधनले समेत शव बोक्न नमान्दा नागरिकहरु समस्यामा पर्ने गरेका छन् ।

शव वाहन नहुँदा जिल्लावासीले शवलाई डोको, बोरा र सडक पुगेको ठाउँमा महँगो भाडा तिरेर ट्याक्टरमा शव बोक्ने गरेका छन् । स्थानीय तहहरुले महङ्गो मूल्यमा आफ्नो सुविधाका लागि सवारी साधन खरीद गरे पनि अत्यावश्यक अवस्थामा चाहिने शव वाहान किन्नका लागि कसैले चासो नदेखाएको म्याङलुङ नगरपालिका–२ का स्थानीयवासी निर्मल ढुंगानाले बताउनुभयो ।

दुई नगरपालिका र चार गाउँपालिका रहेको तेह्रथुममा एउटा पनि शव वाहन छैन । शव वाहन नहुँदा समस्या भएको नेपाल रेडक्रस सोसाइटी तेह्रथुमका सभापति श्रीकृष्ण दाहालले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया