नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
भुटान क्रिकेट काउन्सिल बोर्डको पहिलो बैठकले पूर्व प्रशिक्षक डम्बर गुरुङलाई प्रमुख कार्यकारी अधिकृतमा निर्वाचित गरेको छ । यसअघिका सीईओ जिग्मे नोर्बुले राजीनामा दिएपछि परिषद्ले गुरुङ्लाई यसको जिम्मेवारी दिएको हो ।
नवगठित कार्यकारी बोर्ड सदस्य र विकास समितिका सदस्यहरुलाई समेत बोर्डले टासी खदार अर्थात सर्वसम्मत निर्वाचित गरेको छ ।
बोर्ड बैठकमा नयाँ अध्यक्ष, अम्पायर र स्कोरर तर्फको निर्देशक, महिला क्रिकेट तर्फको निर्देशक पनि नियुक्त गरिएको छ । कार्यकारी बोर्डले थिन्ले वाङ्चुक दोर्जीलाई अध्यक्षमा पुनः निर्वाचित गरेको छ ।
समय अम्पायरको भूमिकामा रहेका दोर्जी लोदेलाई विकास समितिमा अम्पायर र स्कोररको निर्देशक चयन गरेको छ । भुटान क्रिकेट बोर्डका प्रशिक्षक तथा शिक्षक, अम्पायर र स्कोररको भुमिकामा लामो समय काम गरिसकेका डेकी याङ्जोमलाई महिला क्रिकेटको निर्देशकको जिम्मा दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।