नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
तीव्र गतिका बलर शन पोलाकले टेष्ट क्रिकेटमा सर्वाधिक विकेट लिने बनाएकाे कीर्तिमान ताेडिएकाे छ।
दक्षिण अफ्रिकाकाे राष्ट्रिय टिमबाट खेलेका डेल स्टेनले शन पोलाकको नाममा रहेको चार सय २१ विकेटको रेकर्ड तोड्दै देशका लागि टेष्ट क्रिकेटमा धेरै विकेट लिने पहिलो खेलाडी बनेका हुन् ।
पाकिस्तानविरुद्धको टेष्ट सिरिजको पहिलो दिन फखर जमानको विकेट लिएपछि उनले पोलकको कीर्तिमान भंग गरेका हुन् । स्टेनले कूल ८८ टेष्टमा चार सय २२ विकेट लिएका हुन । पोलकले एक सय आठ टेष्टमा चार सय २१ विकेट लिएका थिए ।
पोलकको यो रेकर्डलाई स्टेनले यसअघि नै पूरा गर्नुपर्ने थियो । तर उनी बारम्बार चोटग्रस्त हुँदा अहिले आएर उनी सफल भएका हुन् ।
सन् २०१५ मा नै स्टेनले टेष्ट क्रिकेटमा चार सय १६ विकेट लिइसकेका थिए । तर पछिल्लो साढे दुई वर्षमा उनले मात्र ६ वटा टेष्ट खेल्न पाए । जसका कारण उनी बारम्बार टिमबाहिर हुन पुगे । टेष्ट क्रिकेटमा स्टेन सर्वाधिक विकेट लिनेको सूचिमा १० औं स्थानमा पुगेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।