अन्नपूर्ण आरोहण शुरू, एकैदिन ३२ आरोही चुचुरोमा
चैत २६, २०८१ मंगलबार
काठमाडौं - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कन्चनपुरकी निर्मला पन्त हत्या प्रकरणले सबैलाई गम्भीर बनाएको बताउनुभएको छ ।
बुधबारबाट सुरु भएको संघीय संसदलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस घटनाले सरकार तथा प्रहरीको अनुसन्धान क्षमता र हैसियतमाथि नै कुनै न कुनै रुपले प्रश्न चिन्ह खडा गरेको पनि बताउनुभयो ।
घटनाको अनुसन्धान गम्भीर रुपमा हुनु पर्यो भनेर आफूहरुले भन्दै आएको भन्दै उहाँले आफूले पटक पटक प्रधानमन्त्री र गृहमन्त्रालयसँग छलफल गरेको पनि बताउनुभयो ।
घटनाको अनुसन्धानमा प्रहरीबाट कहीँ न कहीँ ल्याप्सेस भएको भन्ने ठानेर नै सरकारले गम्भीर भएर अनुसन्धानमा केन्द्रित गरेको पनि प्रचण्डले बताउनुभयो ।
घटनाको अनुसन्धानलाई जतिसक्दो छिटो निष्कर्षमा पुर्याएर अपराधीलाई जसरी पनि कठघरामा ल्याएरै छाड्ने बताउनुभयो । यस्तै केही घटनालाई लिएर नागरिकमा भ्रम छर्ने र निरास बनाउने काम नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।
नागरिकलाई निरास, भयभीत बनाउने, लौ अब बर्बाद भयो, केही पत्ता लाग्दैन भनेर प्रचार गर्नु पनि ठिक होइन भन्दै अध्यक्ष प्रचण्डले नागरिकको मनोaल र भावना गिर्ने गरी कसैले पनि काम गर्न नहुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।