एन्जेलिना जोली अमेरिकी राष्ट्रपति पदमा उठ्ने चर्चा

 पुष १४, २०७५ शनिबार १२:२२:४८ | एजेन्सी
unn.prixa.net

हलिउड अभिनेत्री एन्जेलिना जोली चाँडै नै अमेरिकी राजनीतिमा प्रवेश गर्ने संकेत देखिएको छ । 

बीबीसी टुडेसँग अन्तर्वार्ता दिँदै उनले २० वर्षअघि राजनीतिमा प्रवेश गर्ने कुरालाई अस्वीकार गरेको भए पनि अहिले आवश्यक पर्ने जुनसुकै क्षेत्रमा पनि प्रवेश गर्न सक्ने बताएकी छिन् । 

संयुक्त राष्ट्र संघ शरणार्थी आयोगकी सद्भावना दूतसमेत रहेकी जोली शुक्रबारको बीबीसी टुडे कार्यक्रमकी गेस्ट एडिटर थिइन् । अभिनेत्री जोली शरणार्थी, यौन हिंसा तथा प्रकृति संरक्षणका मुद्धामा सक्रिय प्रचारकका रुपमा काम गर्दैै आएकी छिन् । 

कार्यक्रम प्रस्तोता जस्टिन वेबसँग कुरा गर्दै जोलीले अमेकिरी राजनीति, सामाजिक सञ्जाल, यौन हिंसा तथा शरणार्थीका कारण उत्पन्न भएको वैश्विक संकटका बारेमा कुरा गरेकी थिइन् ।

उनलाई अमेरिकी राष्ट्रपति पदका लागि पनि चुनाव लड्न चाहनुहुन्छ भनेर प्रश्न सोधिएको थियो । उनको जवाफ यस्तो थियो, ‘यदि तपाईँले मलाई यो प्रश्न २० वर्षअघि सोधेको भए मलाई हाँसो उठ्थ्यो । मैले सधैँ भन्ने गरेकी छु, जहाँ मेरो आवश्यक हुन्छ, त्यहीँ जान्छु । यदि म राजनीतिमा फिट हुन्छु भने अवश्य जान्छु ।’ उनी अगाडि भन्छिन्, ‘म सरकारसँग काम गर्न सक्षम छु । सेनासँग काम गर्न पनि सक्षम छु ।’ उनले यति भन्दै अहिले चाहिँ सबै कुरा बोल्न नचाहेको बताइन् ।

जब जस्टिन वेबले त्यसो भए राष्ट्रपति पदको नामाङ्कनका लागि डेमोक्र्याट्सले बनाएको ३०–४० जनाको सूचीमा तपाईँको पनि नाम हुन सक्छ  भन्ने प्रश्नमा उनी केही बोलिनन् । उनले वेबलाई धन्यवाद भने दिइन् । 
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया