ललितपुरमा भएको आगलागीमा तीन जना बालबालिकासहित पाँच जना घाइते
बैशाख २३, २०८१ आइतबार
सल्यान – सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नाथेखोला बजारमा यात्रुबाहक बस दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।
नेपालगञ्जबाट रुकुम चौहरजहारीका लागि छुटेको ना ४ ख ७१४६ नम्बरको बस पल्टिँदा पाँच महिला घाइते भएको इलाका प्रहरी कार्यालय सल्लीले जनाएको छ ।
घाइते हुनेमा सल्यानको कुमाख गाउँपालिका –५, निवासी दिलमाया रोकाय, बनगाड कुपिण्डे –५ निवासी १३ वर्षीया रीता नकाल, रुकुम चौहरजारी–१, निवासी ३१ वर्षीया प्रेमकला न्यौपाने, रुकुम चौहरजारी–५ निवासी २६ वर्षीया प्रमिला पुन, सोहि स्थानकी ३८ वर्षीया मिना मल्ल रहेका छन् ।
घाइते सबैको उपचार लागि सल्लीबजारको मेडिकलमा भइरहेको इलाका प्रहरी कार्यालय सल्लीका इन्चार्ज सई सुशील रावलले जानकारी दिनुभयो । ४० जना यात्रु बोकेको सिस्ने हिमाल यातायातको बस नालीमा पल्टेको र गाडी चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।