विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको प्रक्...
मंसिर ७, २०८१ शुक्रबार
डोटी – डोटीको जोरायल गाउँपालिका बाँजिलेकमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।
मगर संग्राहालय स्थापना गर्नका लागि उक्त कार्यक्रम आयोजना गरिन लागेको सो गाउँपालिका ४ का स्थानीय तथा सुदूरपश्चिम प्रदेशका सचिवालय सदस्य महेन्द्र थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ‘मगर भाषा, संस्कृति संरक्षण–संवद्र्धन मगरहरुको मूल मन्त्र, मगरात पहिचान र स्वायत्व शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने मूल नाराका साथ नेपाल मगर संघ सुदूरपश्चिम प्रदेशले सो सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।
कार्यक्रमबाट मगर जातीहरुको लोप हुँदै गएको भाषा, भेषभुषा, खाद्य परिकार, संस्कृतिको संरक्षण–संवद्धन र मगर संग्राहालय स्थापनाबाट पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताइएको छ । जोरायल गाउँपालिकाको मूख्य प्रायोजन तथा मालिका कन्स्ट्रक्शन एण्ड सप्लायर्स प्रालि, जोरायल गाउँपालिका वडा नम्बर २ र वडा नम्बर ४ को सह–प्रायोजनमा आगामी माघ १ र २ गते उक्त कार्यक्रम आयोजना हुने भएको छ ।
कार्यक्रमको व्यवस्थापनको जिम्मा जोरायल गाउँपालिका स्तरीय नेपाल मगर संघलाई दिइएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । कार्यक्रममा डोटी, अछाम, कैलाली, डडेल्धुरा र कञ्चनपुरका मगर समुदायका कलाकारहरु र राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने जनाइएको छ ।
जोरायलको बाँजिलेकमै स्थापना हुने मगर संग्राहालयका लागि जोरायल गाउँपालिकासँगै सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गर्ने नेपाल मगर संघले जनाएको छ । भाषाका हिसाबले सुदूरपश्चिम प्रदेशमा काइके, खाम र मगर गरी तीन प्रकारका मगर जाती छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।