अब उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन : प्रचण्ड

 पुष २०, २०७५ शुक्रबार १९:३३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अब उपचार नपाएर कसैले ज्यान गुमाउनु नपर्ने बताउनु भएको छ ।

उहाँले विपन्नहरुको उपचारका लागि सरकारले दिँदै आएको एक लाख रुपैयाँ वृद्धि गरी पाँच लाख पुर्‍याउने भएकाले अब यस्तो अवस्था नआउने बताउनु भएको हो ।
भक्तपुरमा शुक्रबार नेपाल अयुर्बेद रोग निवारण संस्थाको २८ औं राष्ट्रियसभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले विपन्नहरुको उपचारका लागि सरकारले पाँच लाख रुपैयाँ सहयोग गर्ने भएकाले अब उपचार खर्चको अभावमा कसैले ज्यान गुमाउन नपर्ने बताउनु भएको हो ।

देशमा बढ्दै गएको क्यान्सर रोगप्रति चिन्ता व्यक्त गर्दै उहाँले अब कोही पनि नागरिकले उपचार खर्चको अभावमा ज्यान गुमाउने अवस्था नआउने बताउनुभयो ।  सरकारले अस्पतालहरुमा क्यान्सर उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणहरु  वितरण गर्ने बताउँदै अहिले उपकरणहरु ल्याउन भइरहेको प्राविधिक जटिलताहरु अन्त्य गरी सुलभ र अत्याधुनिक उपकरणबाट क्यान्सर रोगको उपचार गर्न आवश्यक कदम सरकारले चालिरहेको बताउनुभयो । 
 

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया