देशभरको मौसम सफा
मंसिर २०, २०८१ बिहिबार
मोरङ – विराटनगरमा जारी सुबिसु क्यान इन्फोटेकमा सर्वसाधारणको भिडसँगै विभिन्न आइटममा विशेष छुटको व्यवस्था गरिएको छ ।
विभिन्न स्टलहरुबाट बिक्री वितरण भैरहेको ल्यापटपमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै एन्टीभाइरसमा ५० प्रतिशतसम्म छुट दिइएको क्यान महासंघ मोरङले जनाएको छ । एन्टीभाइरस हाल्न नजान्नेहरुको लागि मेलामै सिकाइने तर समस्या हुँदा नजिकको बिक्रेताकहाँ गएर निःशुल्क सेवा लिन सकिने व्यवस्था मेलामा गरिएको हो ।
त्यस्तै अन्य एसेसरिजहरुमा पनि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । सिसी टिभीको सिसी प्लसको क्यामेरामा २२ प्रतिशतसम्म छुट दिइएको मेला आयोजक समितिका सचिव सुमितकुमार साहले जानकारी दिनुभयो । त्यस्तै इन्टरनेट सेक्युरिटीको खरिदमा एउटा मोबाइल सेक्युरिटी फ्री गरिएको समेत उहाँले जानकारी दिनुभयो ।
मेलामा कम्युटर तथा अहिलेको नयाँ प्रविधिको बारेमा विद्यार्थीलाई जानकारी दिने उदेश्यले मेला प्रवेशमा कलेज र स्कुलका विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्थासमेत गरिएको छ । कलेज तथा स्कुलको तर्फबाट परिचय पत्र र स्कुल पोसाकमा आउने विद्यार्थीहरुको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको साहले बताउनुभयो ।
त्यस्तै मेलामा रोबो वार समेत भएको छ । हरेक कलेजले टिम बनेर रोबोवारबाट प्रतिस्पर्धा भैरहेको र यसबाट उत्कृष्ट हुने टिमले पुरस्कार प्राप्त गर्ने छ ।
शनिबार सार्वजनिक बिदा भएकोले स्मार्ट सिटी र साइबर सेक्युरिटीसम्बन्धी गाउँपालिका, नगरपालिका, विभिन्न व्यावसायिक प्रतिष्ठान तथा संघ संस्थाका कम्युटर अधिकृतहरुका बीच कार्यशालासमेत भएको छ । त्यसमा युवाहरुको उल्लख्य सहभागिता रहेको थियो ।
सोमबारसम्म चल्ले मेलामा हरेक दिन साँझ सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको सचिव साहले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।