वाइडबडी जहाज खरिदमा मेरो संलग्नता छैन : पर्यटनमन्त्री अधिकारी

 पुष २३, २०७५ सोमबार १०:५५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी जहाज खरिदमा आफ्नो संलग्नता नभएको दाबी गर्नुभएको छ ।

संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको र त्यसमा मन्त्रीको पनि संलग्नता रहेको भन्ने निष्कर्ष निकालेपछि मन्त्री अधिकारीले यसमा आफ्नो संलग्नता नभएको बताउनुभएको हो ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उहाँले वाइडबडी जहाज खरिदमा भएको भनिएको भ्रष्टाचारबारे छानविन गर्न गठित समितिलाई आफूले सक्दो सहयोग गर्ने पनि बताउनुभयो ।

२०७४ मंसिर २७ मा सर्वोच्च अदालतले खरिद प्रकृया ठिक छ भनेको र मन्त्री आएपछि भएकाका आफू आउँदा भुक्तानी स्वीकृती भैसकेको सर्वोच्चले पनि ठीक छ भनिसकेकोले सर्वोच्चको आदेश विपरित भुक्तानी रोक्न सक्ने अवस्था नभएको उहाँले प्रष्ट पार्नुभयो । आफूले भुक्तानी नदिएको भए पहिला बैना स्वरुप पठाएको ९ अर्ब डुब्ने पनि उहाँको भनाइ छ ।

 

‘जहाज खरिदमा मेरो कुनै संलग्नता छैन, तर विभागीय मन्त्री भएकाले कन्सर्न रहन्छ । छनबिन गर्न अख्तियारप्राप्त सबैलाई आग्रह छ’ उहाँले भन्नुभयो ।

दोषी उम्कन नपाउन, निर्दोषलाई बदनियतपूर्वक नहेरियोस संसदीय समितिका नाममा विकास रोक्ने काम नहोस भन्ने पनि उहाँले कामना गर्नुभयो । अनुमान र पूर्वाग्रहका आधारमा आफूलाई मुछिएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।


 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया