धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
डोटी – गएरातिदेखि परेको हिमपातका कारण डोटीलगायत यहाँका अन्य पहाडी जिल्ला अछाम, बाजुरामा विद्युत सेवा अवरुद्ध भएको छ ।
डोटीको दिपायलस्थित विद्युत सब–स्टेसनका प्रमुख भोजबहादुर स्वाँरले दिनु भएको जानकारी अनुसार बाक्लो हिमपातका कारण विद्युत सेवा अवरुद्ध भएको हो । हिमपातका कारण अवरुद्ध भएको विद्युत सेवा पुनः सञ्चालन गर्न दिपायलबाट टोली खटिए पनि अहिलेसम्म अवरुद्ध भएको ठाउँ पत्ता लगाउन नसकिएको बताइएको छ ।
‘हिमपातले विद्युत तार र रुखहरु ढपक्क ठाकेको छ । विद्युत चुहावट भएको ठाउँ पत्ता लागउन सकिएको छैन’, सब–स्टेसन प्रमुख स्वाँरले भन्नुभयो, ‘विद्युत सेवा सञ्चालनका लागि कर्मचारी टोली बिहानै खटिएको छ । ‘फल्ट’ भएको ठाउँ नै पत्ता लगाउन सकिएको छैन् ।’
आइतबार रातिदेखि डोटीका उच्च लेकाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण यहाँका स्थानीयको जनजीवन प्रभावित भएको छ । डोटीको खप्तड, गोलादेउ, नापानी, चर्केको लेक, शिखरधुरा, बडिकदेराधुरालगायतका ठाँउहरुमा बाक्लो हिमपात भएको स्थानीयवासीले जानकारी दिएका छन् ।
त्यस्तै अत्तरीया–स्याउले जोड्ने भिमदत्तपन्त राजमार्गमा पनि हिमपात भएका कारण सवारी साधन आवत–जावतमा समस्या भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट बुडर डोटीले जनाएको छ ।
डोटीका उच्च लेकाली क्षेत्रमा अहिले पनि हिमपात भइरहेको छ । हिमपातका कारण स्थानीयवासीहरु घरबाहिर निस्किन सकेका छैनन् भने गाईबस्तु समेत गोठभित्रै थुनिएको नापानीका स्थानीयवासी जगत बोगटीले फोन मार्फत बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिउले डाँडा–काँडा र जंगल छपक्क ढाकेको छ । गाईबस्तु समेत बाहिर निकाल्न सकेका छैनौ ।’
डोटीका उच्च लेकाली क्षेत्र अर्थात पानी नभएका ठाउँमा हिमपात भएपछि हिउँदे बाली सप्रिने आशामा किसानहरु भने खुशी भएका छन् । हिमपातका कारण यहाँका स्थानीयको जनजीवन समेत प्रभावित भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।