नागरिकले फ्याँकिसकेको राजतन्त्र आउने भ्रम पाल्नु हुँदैन : प्रधा...
चैत ३०, २०८१ शनिबार
पूर्ण रूपमा स्वचालित एआई र रोबटिक्स प्रणालीले सञ्चालन गरेको इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रक्रियाबाट एक शिशुको जन्म भएको छ । विशेषज्ञहरूले आफ्नो भौतिक संलग्नता बिनै कृत्रिम बुद्धिमत्ता (एआई)लाई डिजिटल माध्यमबाट निर्देशन दिएको भरमा आईभीएफ विधि सञ्चालन गरेर विश्वमै पहिलो बच्चा जन्मिएको स्वास्थ्यसम्बन्धी जानकारी दिने अन्तर्राष्ट्रिय सञ्चारमाध्ययम मेडिकल एक्सप्रेसले जनाएको छ । बच्चा स्वस्थ रहेको खबरमा उल्लेख छ ।
अमेरिकी बायोटेक कम्पनी ‘कन्सिभेबल लाइफ साइन्सेज’ का वैज्ञानिक तथा चिकित्सकहरूले पूर्ण स्वचालित आईभीएफ प्रविधि विकास गरेका हुन् । एआईमा आधारित आईभीएफ प्रविधिमा महिलाको डिम्ब र पुरुषको शुक्रकीट लिएर प्रयोगशालामा निषेचन गर्ने प्रक्रिया आईसीएसआई लाई पूर्ण स्वचालित बनाइएको थियो ।
आईभीएफ विधिको परम्परागत निषेचन प्रक्रियामा एक–एक शुक्रकीटलाई भ्रुण विशेषज्ञहरूले अण्डामा इन्जेक्सन गर्ने वा खोपद्वारा मिसाउनुपर्छ । यो निकै लामो प्रक्रियाका कारण प्रयोगशालाका कर्मचारीलाई अधिक थकान र मानवीय त्रुटिको समेत सम्भावना रहन्छ । लामो प्रक्रियाका कारण महँगो पनि छ ।
अहिले विकास गरिएको प्रणालीले निषेचन पक्रियाका २३ वटा जटिल चरणहरूलाई एआई र डिजिटल नियमनमार्फत स्वाचालित गरी सही र सटीक परिणाम सुनिश्चित गर्ने दाबी गरिएको छ । यस प्रविधिले भ्रुण विकासको सम्भावना बढाउने गरी निषेचन प्रक्रियामा सबैभन्दा उत्तम शुक्रकीट छनोट गर्न एआईमा निर्भर रहने कम्पनीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।