करणीको आरोपमा अहेब पक्राउ

 असार ३, २०७५ आइतबार १६:९:३३ | उज्यालो सहकर्मी

तेह्रथुम – पन्ध्र वर्षीय बालिकालाई करणी गरेको आरोपमा तेह्रथुममा कार्यरत एक अहेब पक्राउ परेका छन् ।

करणी आरोपमा प्रहरीले सप्तरी स्थायी घर भई छथर गाउपालिका–२ मा रहेको हमरजुङ स्वास्थ्य चौकीमा कार्यरत अहेब सञ्जिव यादवलाई पक्राउ गरी मुद्धा दर्ता गरेको हो ।

अहेब यादवले नाबालिका छोरीलाई करणी गरेको भन्दै उनको परिवारले उजुरी दिएपछि प्रहरी चौकी शुक्रबारेले शनिबार यादवलाई पक्राउ गरेको थियो । उनलाई आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख डीएसपी राजन भुजेलले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया