आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
रसुवा – सामग्री आयातका लागि केरुङ जाने रसुवा बाहिरका कन्टेनर चालक तथा सहचालकलाई १५ दिनको अस्थायी प्रवेश अनुमति दिइने भएको छ ।
चीनसँगको व्यापारिक नाका रसुवागढीमा मंगलबार बसेको सीमा सुरक्षा बैठकले वान डे पास नपाउँदा द्विदेशीय व्यापारमा कठिनाई आएको अवस्थामा चालकलाई १५ दिने प्रवेश अनुमति दिने निर्णय गरेको हो ।
१५/१५ दिनमा अनुमतिको नवीकरण गर्नुपर्ने रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभयो । ‘यसअघि रसुवाका चालक मात्रै केरुङ जान पाउँथे, उहाँले भन्नुभयो, अबको दिन जिल्ला बाहिरका चालक पनि जान पाउँछन् ।’
रसुवा बाहेकका अन्य जिल्लाका चालकलाई अध्यामगन कार्यालय रसुवागढीको सिफारिसमा चिनियाँ अध्यागमनले अस्थायी अनुमति दिने निर्णयमा उल्लेख छ । ‘अस्थायी अनुमति पाउनका लागि चालकसँग राहदानी हुनुपर्छ, उहाँले भन्नुभयो, कन्टेनर बाहेकका अन्य सवारी चालकले यो सुविधा पाउँदैनन् ।’
चीनको केरुङसम्म नेपालीहरूको सहज प्रवेश अनुमतिको व्यवस्था गरी अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने बताइएको छ । यसअघि जिल्ला बाहिरका चालकले रसुवागढीसम्म सवारी पुर्याउने गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।