स्याउ खेतीमा किसानको आकर्षण घट्यो, किविको विरुवा धान्न वागवानीलाई सकस

 पुष २५, २०७५ बुधबार १२:४०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु – वागवानी केन्द्र फाप्लुमा यस वर्ष उत्पादन भएका स्याउको विरुवा केन्द्रमै थन्किएको छ । केन्द्रमा विगतको वर्षको तुलनामा स्याउ खरिद गर्ने कृषकहरुको संख्यामा कमी आउँदा उत्पादन भएका विरुवा केन्द्रमा नै थन्किएको हो । 

गएको वर्षमा यस सिजनमा स्याउको विरुवा खरिदकर्ता कृषकहरुको संख्या अधिक मात्रामा हुने भए पनि यस वर्ष विरुवा खरिद गर्ने कृषक नगन्य मात्रामा रहेको केन्द्रले जनाएको छ । मुख्य गरी मंसिरदेखि स्याउको विरुवा लगाउने सिजन भए पनि यस वर्ष सोलुखुम्बुमा कृषकहरु स्याउरोप्नेतर्फ कम आकर्षित देखिएको केन्द्रले जनाएको छ । वागवानीमा यो वर्ष करिब ६ हजार बोट विरुवा उत्पादन गरेका छन् ।

जिल्लामा केही वर्षदेखि स्याउ उत्पादनमा गिरावट आएसँगै कृषकहरुको स्याउ खेतीतर्फको आर्कषणमा कमी देखिएको केन्द्रका वरिष्ठ वागवानी विकास अधिकृत चन्द्रमान श्रेष्ठले बताउनुभयो । सोलुखुम्बुलगायत देशैभर गएको केही वर्षयता स्याउमा रोग लाग्नेलगायतका कारणले उत्पादनमा क्रमशः गिरावट आएको छ । जसका कारण कृषकहरु स्याउ खेतीको विकल्प खोज्नतर्फ लागेको कृषकहरुको भनाइ छ ।

किवि विरुवा धान्न वागवानीलाई सकस

जिल्ला वागवानी केन्द्र फाप्लुलाई माग अनुसार किवि विरुवा पूर्ति गर्न सकस परेको छ । कृषकहरुको किवि खेतीतर्फ बढ्दो आकर्षण भएपनि त्यस अनुरुप विरुवा उत्पादन हुन नसक्दा समस्या भएको हो ।

वागवानीले यो वर्ष ११ सय बोट विरुवा वितरणका लागि उत्पादन गरेको भए पनि ३ हजार बोटभन्दा बढी विरुवाको माग रहेको केन्द्रका वरिष्ठ वागवानी विकास अधिकृत चन्द्रमान श्रेष्ठले बताउनुभयो । केन्द्रले यसै वर्षदेखि आफ्नै नर्सरीबाट बिरुवा उत्पादन सुरु गरेको छ । केन्द्रको आँकलनभन्दा माग बढी रहेकाले विरुवा अपुग भएको जनाइएको छ ।

केन्द्रले यस अघि बाहिरी जिल्लाबाटै विरुवा खरिद गरी वितण गर्दै आएको भए पनि यस वर्षबाट आफ्नै नर्सरीबाट विरुवा उत्पादन सुरु गरेको हो । उत्पादनको पहिलो वर्ष भएकाले पनि पर्याप्त उत्पादन गर्न नसकिएको केन्द्रले जनाएको छ । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया