आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
सिरहा – हतियारसहितको डाँका समूहले कल्याणपुर नगरपालिका –३ प्रसाहीमा लाखौं मूल्यको धनमाल लुटपाट गरेको छ । डाँका समूहले बिहीबार बिहान १ बजे स्थानीय रामदेव मण्डलको घरबाट एक लाख नगदसहित सुन, चाँदी लुटपाट गरेको हो ।
दर्जनभन्दा बढीको समूहमा आएका लुटेराहरुले मण्डलको घरबाट एक लख नगद, १८ तोला सुन, पाँचसय ग्राम चाँदी, लेनदेनमा गरिएको कपाली तमसुक र अन्य कागजातसमेत लुटेर लगेको जनाएको छ ।
हल्ला गरे मारिदिने भन्दै लुटेराहरुले रामदेवको पेस्तोल तेर्स्याएर लुटपाट गरेका थिए । लुटेराले रामदेवको कञ्चटमा पेस्तोल तेर्स्याएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी माधवराज गरेलले जानकारी थिए । लुटेराहरु बाँसको भर्याङ लगाई घरको छतमा चढेर घरभित्र पसि लुटपाट गरेका थिए ।
घटना लगत्तै पुगेका प्रहरीले कल्याणपुर नगरपालिका १२ बेल्हाबाट लुटेरा समूहलाई लखेट्दै जाँदा उनीहरुले एक–एक राउण्ड गोली लोड गरिएको दुईथान कटुवा पेस्तोल, तन्ना, चप्पल छाडेर भागेको डीएसपी खरेलले जानकारी दिनुभयो । लुटेरा समूह कमला खोला हुँदै धनुषातिर भागेका थिए । लुटेरा समूहको खोजी कार्य भइरहेको डीएसपीले जानकारी दिनुभयो ।
रामदेव कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलका दाई हुन् । यस अघिपनि कल्यानपुरकै ११ मा पुस २२ गते माटोको घरमा सुरुङ्ग खनेर चोरी भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।