कच्चा दूधमा बर्ड फ्लूको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएच...
बैशाख ८, २०८१ शनिबार
विश्वकप फुटबल अन्तर्गत अाइतबारकाे पहिलाे खेलमा सर्वियाले कोष्टारिकासँग १ शून्यको जित हात पारेको छ ।
रुसको समरा रंगशालामा भएको खेलको ५७ औं मिनेटमा अलेक्साण्डर कोलारोभले गोल गर्दै सर्वियालाई जिताएका हुन् । कोष्टारिकाका डेभिड गुजम्यानले फाउल गरेपछि रेफ्रिले उनलाई पहेंलो कार्ड देखाउँदै सर्वियालाई फ्रि किकको मौका दिएका थिए ।
कोलारोभले फ्रिकिकलाई गोलमा परिणत गरे ।
निकै नै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले निकै प्रयास गरेपनि गोल गर्न भने सकेनन् । समूह ई मै रहेका ब्राजिल र स्वीजरल्याण्डबीचको खेल आइतबार राति पौने १२ बजेपछि शुरु हुनेछ ।