रूसको संसदमा रक्षा खर्चमा व्यापक वृद्धि गर्ने प्रस्ताव अनुमोदन
मंसिर ७, २०८१ शुक्रबार
सुर्खेत - कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले विभिन्न ७ वटा निर्णयहरु गरेको छ ।
बिहीबार बसेको बैठकले विभिन्न विधेयकहरुलाई सैद्धान्तिक सहमति दिनेदेखि सार्वजनिक बिदालगायतका विषयमा निर्णय गरेको हो ।
बैठकले विभिन्न विधेयकहरुलाई सैद्धान्तिक सहमति दिएको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले विधेयकहरुलाई सैद्धान्तिक सहमति दिएको हो ।
बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नका लागि शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा बनेको विधेयकका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको जानकारी दिनुभयो ।
यस्तै कर्णाली प्रदेश युवा परिषद् सम्बन्धमा बनेको विधेयक र घरेलु हिंसा नियन्त्रण सम्बन्धमा बनेको विधेयकका लागि सामाजिक विकास मन्त्रालयलाई बैठकले सहमति दिएको छ ।
बैठकले उपभोत्ता हित संरक्षण सम्बन्धमा बनेको विधेयका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ ।
यस्तै बैठकले सामाजिक विकास मन्त्रालयले तयार गरेको कर्णाली प्रदेश स्वयंसेवक परिचालनसम्बन्धी कार्यविधि पनि स्वीकृत गरेको छ ।
मन्त्री भण्डारीले बैठकबाट माघ १ गते माघी पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।
मन्त्रीपरिषद् बैठकले वर्षमा कुन पर्व अर्थात दिनमा बिदा दिनुपर्छ, त्यसको सुझावका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति पनि बनाएको छ ।
समितिमा सामाजिक विकासमन्त्री दल रावल सदस्य र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यज्ञराज बोहोरा सदस्य सचिव रहनुभएको छ ।
त्यस्तै जुम्लाको कनकासुन्दरी गाउँपालिकाको नाम परिवर्तनका विषयमा छलफलका लागि राजनिति समितिमा पठाउने निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।