कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको सङ्कल्प प्रस्ताव पारित
बैशाख ७, २०८१ शुक्रबार
मोरङ - मोरङको विराटनगर महानगरपालिका-१५, रामजानकी टोलमा मोबाइलको ब्याट्री पड्किएर शुक्रबार एक बालकको ज्यान गएको छ ।
ज्यान जानेमा स्थानीय सुभाष मण्डलको ११ वर्षीय छोरा अमित मण्डल छन् भने सँगै रहेका त्यसै ठाउँका राजेश मण्डलकी ६ वर्षीया छोरी राधिका मण्डल घाइते भएकी छिन् ।
शुक्रबार दिउँसो दुवै जना बालबालिकाहरु घर नजिकै परालको आगो तापिरहेको बेला उनीहरुले नै बाटोमा भेट्टाएको मोबाइलको ब्याट्री आगोमा हाल्दा पड्किँदा दुवै जना गम्भीर घाइते भएका थिए ।
घाइतेहरुलाई उपचारको लागि तत्काल कोशी अञ्चल अस्पताल विराटनगर लगिएकोमा उपचारकै क्रममा मण्डलको मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
घाइते राधिकाको कोशी अञ्चल अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।