आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाडौं – रेबिज रोगको उपचार सम्भव नभएकाले कुकुरले टोक्नेवित्तिकै रेबिजविरुद्धको सुई लगाउन डाक्टरले आग्रह गरेका छन् ।
दोलखा र बारामा रेबिजका कारण दुईजनाको ज्यान गएपछि डाक्टरले कुकुरले टोक्नेबित्तिकै खोप लागउन आग्रह गरको हुन् । केही स्वास्थ्यकर्मीले नै घरमा पालेको र सुई लगाएको कुकुरले टोक्दा मानिसलाई सुई लगाउन पर्दैन भन्ने गलत सन्देश दिँदा रेबिज लाग्ने खतरा बढेको डाक्टरहरुले बताएका छन् ।
सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले दोलखा र बारामा कुकुरले टोकेपछि सही सूचना नहुँदा रेविज लागेको र उनीहरुको ज्यान गएको बताउनुभयो । कुकुरले टोकेपछि लगाइने रेबिजविरुद्धको सुई जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा निःशुल्क पाइन्छ ।
यो सुई ४ देखि ५ पटकसम्म लगाउनुपर्छ । कुकुरले टोकेपछि तत्काल सुई लगाउदा रेबिजको असर कम गर्न सकिए पनि सुई नलगाउँदा ज्यानै जाने खतरा हुने डाक्टर पुनको भनाई छ ।
रेबिज लागेको व्यक्तिको कुकुरले टोकेको ठाउँमा झमझमाउने, दुख्ने, पानी हावा–पानीसँग डराउने, उत्तेजित र आक्रामक हुने डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो । यी लक्षण देखिएका व्यक्तिको स्याहार सुसारमा संलग्नलाई पनि सुई लगाउन उहाँको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।