शेयर बजार १३ अङ्कले घट्यो, कारोबार रकममा पनि कमी
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – थाइल्याण्डमा जारी टी–२० स्म्याश क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ । आज भएको खेलमा नेपालले चीनलाई १० विकेटले हरायो ।
थाइल्याण्ड क्रिकेट एसोसियशनको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चीनले २० ओभरमा ६ विकेट गुमाउँदा मात्र ४८ रन बनाउन सक्यो । उसकी ओपनर झाङ चानले सर्वाधिक १३ रन बनाइन् । त्यसपछि वाङले ८, झाङ यानलिङ र ली हायुइले सात सात रन बनाए ।
बलिङमा करुणा भण्डारीले तीन तथा नेरी थापाले दुई विकेट लिइन् ।
जवाफमा नेपालले आठ ओभर चार बलमाबिना विकेटको क्षतीमा लक्ष्य पूरा गर्यो । नेपालको जितमा ओपनरद्वय सीता रानामगरले २४ र काजल श्रेष्ठले १४ रन बनाइन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।