धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
सिरहा – सिरहाको सशस्त्र प्रहरी बल ७ नम्बर गणले अवैध सुनसहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको छ ।
सशस्त्र प्रहरीले शनिबार पत्रकार सम्मेलनमार्फत् पक्राउ गरिएकोहरुको साथबाट एक हजार सात सय ५७ ग्राम ७ सय २० मिलिग्राम अवैध सुनसहित तीन जनालाई सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुको साथबाट ३४ हजार पाँच सय रुपैयाँ समेत बरामद गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१९, छर्रापट्टिका अमिरुल खान, मोहमद कयुम र मोहमद रियाज राइन छन् ।
पूर्व-पश्चिम सडक अन्तरगत मिर्चैया नगरपालिकाको सीमामा पर्ने घुर्मी खोलाबाट विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक सोमबहादुर गुरुङ्को कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले शनिबार बिहान २ बजेतिर तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ गएिका कयुम र अमिरुलको साथबाट ५०-५० ग्रामको दुई थान बाला तथा रियाजको साथबाट बाँकी ४ थान बाला र पाता आकारको थप ३ थान सुन बरामद भएको जनाइएको छ ।
प्रहरी उपरीक्षक गुरुङ्का अनुसार पक्राउ गरिएका तीनजनासहित उनीहरु चढेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कर्पियो र पौने दुई केजी सुन थप अनुसन्धान र कारबाहीका लागि शनिबार नै सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान विभाग पठाइएको छ ।
सशस्त्र प्रहरीका एक कनिष्ठ अधिकृतले बिहान ६ जना पक्राउ परेको जानकारी दिएपनि ३ जनालाई पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा एकजना लहानका जनप्रतिनिधि समेत रहेको बताइएको छ ।
गडीका चालकसमेत रहेका अनिरुलले आफूलाई अपरिचित व्यक्तिले लहान पुर्याउन सो सुन दिएको बताए । तर, उनले सुन लहानका कसलाई दिने भनेको भन्ने खुलाउन चाहेनन् ।
उनी नियमितरुपमा सुन तस्करीकै काम गर्ने व्यक्ति रहेको नाम नबताउने सर्तमा लहानका एक सुन व्यवसायीले बताए । अनिरुल पत्रकार सम्मेलनमै पत्रकारहरुमाथि नै खनिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।