सुनको मूल्य आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो
बैशाख ११, २०८१ मंगलबार
काठमाडौं – प्रधान सेनापति पूर्णचन्द्र थापालाई शनिबार भारतका राष्ट्रपति रामनाथ कोबिन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
भारतको राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा यो दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । साथै भारतीय राष्ट्रपतिको आधिकारिक ट्विटर ह्याण्डल ‘प्रेजिडेन्ट अफ् इन्डिया’ बाट अंग्रेजी र हिन्दीका साथै नेपाली भाषामा पनि ट्वीट गरिएको छ ।
ट्वीटमा लेखिएको छ, ‘नेपालका सेनापति श्री पूर्णचन्द्र थापालाई राष्ट्रपति कोबिन्दले नेपाली सेनामा उहाँले गर्नुभएको योगदान । नेपालको भारतसँगको सम्बन्धको प्रगाढताको लागि दिनुभएको योगदानको सम्मान गर्दै भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गर्नुभयो ।’
नेपालका सेनापति श्री पूर्णचन्द्र थापालाई राष्ट्रपति कोबिन्दले नेपाली सेनामा उहाँले गर्नुभएको योगदान र नेपालको भारतसँगको मैत्रीपूर्ण सम्बन्धको प्रगाढताको लागि दिनुभएको योगदानको सम्मान गर्दै भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गर्नुभयो। pic.twitter.com/V8Nd9DqoHx
— President of India (@rashtrapatibhvn) 12 January 2019
नेपाली तथा भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्द सम्बन्ध अनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ ।