'युवा पत्रकारिता पुरस्कार’ बाट उज्यालाेकर्मी गिरी सम्मानित

 पुष २९, २०७५ आइतबार ८:२०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – उज्यालाेका संवाददाता रमेश गिरीलाई रु ३० हजार नगदसहित यस वर्षको ‘युवा पत्रकारिता पुरस्कार–२०७५’ बाट सम्मानित गरिएको छ । 

निरन्तररुपमा पत्रकारिता क्षेत्रमा पुर्या‍एको योगदानको मूल्याङ्कन गर्दै भक्तपुर फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घले उहाँलाई सम्मान गरेको हो । सङ्घले शनिबार आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उहाँलाई खादा ओढाएर नगदसहित सम्मानपत्रबाट सम्मान गर्नुभयो । 

यही अवसरमा पूर्वउद्योगमन्त्री बस्नेतले नेपालको काष्ठकला, मूर्तिकला, धातुकला, फर्निचरसँग विश्वमा कसैले प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै यस्ता कालीगढ भक्तपुरमा मात्रै हुनु गौरवको कुरा भएको धारणा व्यक्त गर्नुभयो । 

चीन र भारतमा मात्रै नभई विश्वमै नेपालको कला र सीपको प्रदर्शन एवं माग बढिरहेको उल्लेख गर्दै उहाँले नेपालमा भने पछिल्लो पुस्तालाई सीप हस्तान्तरण गर्न चुनौती आइरहेको बताउनुभयो । 

सांसद बस्नेतले सीपको मापन र तालिम एवं आधुनिक प्रविधिको हस्तान्तरण आवश्यक रहेको औँल्याउँदै स्वदेशी वस्तुको उपयोगिता निर्देशिका लागू गर्न आवश्यक रहेको बताउनुभयो । 

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले स्वदेशी फर्निचर उद्योगको विकासमा स्थानीय सरकारले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 
 

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया