इजरायलले गाजामा गरेको पछिल्लो सैन्य आक्रमणमा ४६ जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – नेपाली चलचित्रका धेरै अभिनेत्रीहरु निर्माता बनिसेका छन् । निर्माता बनेका कतिपय अभिनेत्रीहरु सफल पनि भएका छन् ।
करिष्मा मानन्धर, रेखा थापा, स्वेता खड्का, निशा अधिकारी, रिचा शर्मा, शिल्पा पोखरेल, केकी अधिकारी, पूजा शर्मालगायत नायिका हुँदै निर्माता बनेका हुन् । अब यो लिष्टमा नायिका प्रियंका कार्की पनि थपिएकी छिन् । नायिका प्रियंका कार्कीले पनि अब चलचित्र निर्माण गर्ने तयारी गरेकी छिन् । नायिका कार्कीले निर्माण गर्न लागेको चलचित्रलाई निर्देशक साम्तेन भुटियाले निर्देशन गर्ने पक्का भइसकेको बताइएको छ ।
यतिबेला चलचित्रको कथामा काम भइरहेको छ । कथाको काम सम्पन्न भएपश्चात चलचित्रका निम्ति पात्रको खोजी हुने छ । चलचित्रमा नायिका कार्की स्वयंमले अभिनय गर्ने या अरु कसैलाई राख्ने भन्ने कुरा समेत कथा लेखनपछि मात्र टुंगो लाग्ने नायिका कार्कीले बताएकी छन् ।
यसअघि निर्देशक साम्तेन भुटियासँग नायिका कार्कीले चलचित्र अनागतमा काम गरेकी थिइन् । प्रियंकाले निर्माण गर्न लागेको चलचित्रको कथा समेत निर्देशक साम्तेनले नै लेख्दै छन् । साम्तेनको कथा सुनेपछि आफू चलचित्र निर्माण गर्नका लागि तयार भएको नायिका कार्कीको भनाइ छ ।
उनले अभिनय गरेका धेरै चलचित्रहरुलाई दर्शकले रुचाएका छन् । तर पछिल्लो समय भने नेपाली चलचित्र नगरीमा नायिका कार्कीको क्रेज घट्दै गएको बताइन्छ । कतिपय चलचित्र पण्डितहरुले भने नायिका कार्कीको माग कम हुँदै गएपछि उनी चलचित्र निर्माणतिर लागेको बताउने गरेका छन् ।
सफल नायिकाका रुपमा स्थापित भएकी नायिका कार्की अब निर्माताका रुपमा कति सफल हुन्छिन्, त्यो भने समयले बताउने छ ।
उज्यालाे र गफगाफ डटकमकाे सहकार्यमा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।