कपनबाट पेस्ताेलसहित एक जना पक्राउ
चैत १६, २०८० शुक्रबार
दाङ – पश्चिम नेपालमा मुक्त भएका कमलरीहरुमध्ये एक हजारभन्दा बढीले परिचय पत्र प्राप्त गरेका छन् ।
मुक्त भएका १२ हजार ६ सय ८२ मध्ये १ हजार १ सय ५९ जनाले परिचय पत्र प्राप्त गरेका हुन् । मुक्त कमलरी विकास मञ्चका अनुसार सबैभन्दा धेरै दाङबाट आठ सय ५१ जनाले परिचय पत्र प्राप्त गरेका छन् ।
यस्तै कञ्चनपुरबाट २ सय ५० र बर्दियाबाट ५८ जनाले मुक्त कमलरीको परिचय पत्र प्राप्त गरेका छन् । मुक्त कमलरी विकास मञ्चले परिचय पत्र प्राप्त गर्नका लागि दाङबाट १३ सय, बाँकेबाट ५ सय ५१, कैलालीबाट ३ हजार र कञ्चनपुरबाट ७ सयले परिचय पत्र प्राप्त गर्न सक्ने भन्दै नामावली पहिलो चरणमा पठाएको थियो ।
बाँके र कैलालीमा मुक्त भएका कमलरीहरुले परिचय पत्र प्राप्त गर्न सकेका छैनन् । मुक्त कमलरी विकास मञ्चका अध्यक्ष सुनिता चौधरीका अनुसार सबैलाई परिचय पत्र वितरणका लागि ध्यानाकर्षण गराएको भए पनि काममा ढिलाई भएको जानकारी दिनुभएको छ ।
सरकारका कारण परिचयपत्र वितरणमा ढिलाई भएको अध्यक्ष चौधरीले जानकारी दिनुभएको छ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।