नुवाकोटमा ५३ हल गोरुको घम्साघम्सी

 माघ १, २०७५ मंगलबार ११:३६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

नुवाकोट – माघे सङ्क्रान्ति भन्नासाथ परम्परागत रुपमा चल्दै आएको त्रिवेणी धामहरुमा नुहाउने, घिउ चाकु तरुल खाने पर्वका रुपमा चिनिन्छ, तर केही केही वर्षदेखि नुवाकोटमा गोरु जुधाई पनि थपिएको छ । यो वर्ष कहाँ–कहाँ कति हल गोरु जुधाइन्छ भन्ने चासो आम मानिसमा पर्न थालेको छ ।

नुवाकोटमा यो वर्ष ५३ हल गोरु जुधाइने भएको छ । जिल्लाका विभिन्न स्थानमा पहिले पहिले गोरु जुधाउने गरिएकोमा नुवाकोटको तारुकाले व्यवस्थित रुपमा २०६२ सालबाट गाउँभरीका जुरे बहर गोरुहरु एकै थलोमा जुधाउने चलन सुरु गर्‍यो । यहाँ गोरु जुधाई हेर्न हजारौं दर्शक ओइरिएको देखेपछि जिल्लाका अन्यभागमा पनि गोरु जुधाउने परम्परालाई विउताउने काम भएको छ ।

यो वर्ष जिल्लाका पाँच ठाउँमा ५३ हल गोरु जुधाउने तयारी भएको स्थानीय आयोजकहरुले जनाएका छन् । सबैभन्दा धेरै तारकेश्वर–३ तारुकामा २३ हल गोरु जुधाइने भएको छ । यहाँ १० हल ठूला ज्यान र जुरो भएका गोरु, १० हल मझौला गोरुहरु र ३ हल आगामी वर्षको तयारीको लागि सिकारु गोरुहरु जुधाइने माघेसंक्रान्ति मेला संरुक्षण संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, २०६७ सालबाट सुरु भएको जिल्लाको बेत्रावतीमा यो वर्ष ८ हल गोरु जुधाउने तयारी भएको छ । यस्तै २०७१ सालबाट सुरु भएको पञ्चकन्या गाउँपालिकाको घल भञ्ज्याङमा यो वर्ष ८ हल गोरु जुधाइने भएको छ । यस्तै, यही बर्षबाट गोरु जुधाउन थलिएको लिखु– ३, कट्टिछापमा ७ हल गोरु र शिवपुरी गाउँपालिकाको शेरा बगरमा ७ हल गोरु जुधाउने तयारी भएको छ । 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया