आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – अब मोटरसाइकल र स्कुटरमा भाडा लिएर यात्रु ओसारपसार गर्न नपाइने भएको छ ।
यात्रुको सुरक्षा र कानुनी रुपमा निजी प्रयोजनका लागि अनुमति लिएर भाडामा चलाउन नपाइने भएकाले दुई पांग्रे गाडीले यात्रु ओसार्न नपाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाले सोमबार मोटरसाइकल र स्कुटरमा यात्रु आसार्नेसित छलफल गरेको हो । छलफलमा यातायात व्यवस्था विभागसँगको समन्वयन गर्न र अर्को निर्णय नहुञ्जेल यात्रु नओसार्न निर्देशन दिइएको महाशाखाका प्रवक्ता जयराज सापकोटाले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा अहिले ‘टुटल’ र ‘पठाओ’ नाम केही व्यक्तिको समूहले मोटरसाइकल र स्कुटरमा यात्रु ओसार्ने गरेका छन् । यस्तै ट्राफिक प्रहरीले यात्रुलाई यस्तो सेवा नलिन पनि आग्रह गरेको छ ।
सेवा लिँदा आफू ठगिए वा कुनै समस्यामा परे तुरुन्त ट्राफिक प्रहरी वा प्रहरीमा खबर गर्न पनि यात्रुलाई भनिएको छ । नियमविपरीत मोटरसाइकल र स्कुटरमा यात्रु बोक्नेलाई एक हजार रुपैयाँ जरिवाना तिराइने पनि ट्राफिक प्रहरीले जनाएको छ ।
यसैबीच, मोबाइल एप्लिकेशनमार्फत सम्पर्क गरी यात्रुलाई गन्तव्यमा पुर्याउँदै आएका यस्ता सेवा दर्ता नहुँदा कानूनी जटिलता देखिएको भन्दै ट्राफिक प्रहरीले पाँच जनालाई कारबाही गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गणेश शर्मा
Jan. 15, 2019, 7:26 p.m."यात्रुको सुरक्षा र कानुनी रुपमा निजी प्रयोजनका लागि अनुमति लिएर भाडामा चलाउन नपाइने भएकाले दुई पांग्रे गाडीले यात्रु ओसार्न नपाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।" निजी प्रयोजनका लागि दर्ता गरिएको गाडीले भाडामा आन्तरिक तथा बहिए पर्यटक ओसार्न चाहिँ पहुने हो?
Kirati bantawa
Jan. 15, 2019, 6:13 p.m.अनि आफ्नो श्रीमती र छोरा छोरी छोडेर एक्लै चढ्नु भनेको कि ? कसरि चिन्नु आफ्नो परिवार र अरु मान्छे भनेर ...यसको तात्पर्य आफ्नो बुढी पनि चढ्न नपाउने कुरा आयो त ?
Bharat P. Pathak
Jan. 15, 2019, 5:59 p.m.सर्बसाधारण जनताका लागी उपयोगि यातायातका साधनको ब्यबस्थापन गर्ने टूटल र पठाओ जस्ता सूलभ यातायात ब्यबस्थापन सँयन्त्र माथीको कार्बाही तुरुन्त बन्द गर, उक्त सँयन्त्र लाई यथाबत चल्न देउ, तत्काल कानून बनाउ र नियमन गर सरकार ।
अर्जुन खड्का
Jan. 15, 2019, 5:32 p.m.यो देशको सिस्टम पुरै आलुजस्तो छ । अर्बौ भ्रष्टाचार गर्नेलाइ तत्काल कारबाही नगर्ने रे अनि खाली समयको सदुपयोग गर्दै पकेट मनि कमाउने केहि थान युवाहरुलाइ चै काम गर्नै प्रतिबन्ध ? उल्लेखित apps हरुलाइ करको दायरामा ल्यायर गरिखान दिय हुदैन ? कुन चै यात्रुले कहाँ अनि कहिले गुनासो गर्यो ? taxi भन्दा धेरै सस्तो,छिटो छरितो सेवालाइ प्रतिबन्ध लगाउने अनि taxi को ठगी धन्दालाइ प्रोत्साहन गर्ने ? त्यसै लाखौ युवाहरुले देश छोड्छन त ?