आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
माघ - निवेदन हालेर पहिचान र अधिकार स्थापित नभएकोले आफ्नो अधिकारका लागि आवाज उठाइरहन नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घले समूदायलाई आग्रह गर्नुभएको छ ।
लिःल फङ (घले समाज)को आयोजनामा धादिङबेसीमा आयोजित ल्होसारको अवसरमा वर्गा फेर्ने (नयाँ वर्षको) अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले घले समूदायलाई आदिवासी जनजातिमा सूचिकृत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पहिचान जोगाउन घले समूदायको ल्होसारको अवसरमा आज (मंगलबार) धादिङबेसीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेकपा अध्यक्ष दहालले घले जातिलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
यस अघि घले समूदायलाई आदिवसी जनजाति हुनबाट छुटाइएकोले सरकारमा भएको दलको अध्यक्षको नाताले आफूले यस विषयमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
उहाँले विविधतामा एकता पहिचान र आत्म सम्मानमा अपमानित गरेर नभइ पहिचानसहितको आत्मसम्मान भएपछि मात्र समृद्धिको महान अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्र निर्माणका लागि कुनैपनि जातिले अपमानित हुनुनपर्ने भएकोले विगतमा भएका गल्तिहरु सच्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा संघीय संसदका सदस्य खेमप्रसाद लोहनी, भूमि त्रिपाठी, प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल लगायतले शुभकामना दिँदै विविधतामा एकता नै नेपाली समाजको पहिचान भएकोले समृद्ध नेपाल निर्माणमा योगदान गर्न आग्रह गर्नुभयो ।
लिःल फङ (घले समाज)का अध्यक्ष दिनेश घलेको अध्यक्षतामा सम्पन्न समारोहमा पूर्व प्रधानमन्त्री दहाललाई ज्ञापन पत्र बुझाउँदै घलेहरुमाथि भएको अन्याय अन्त्य गर्न माग गरिएको थियो ।
कार्यक्रममा इलाम, झापादेखि पश्चिम बाँके, बर्दिया र कैलालीसम्मका जिल्लाबाट सहभागीहरु आएका थिए भने भुटान, बेलायत, जापान, कतार, यूएई, मलेसियालगायतका देशहरुबाट कार्यक्रममा प्रतिनिहिरु सहभागी भएको लिःल फङ (घले समाज) धादिङका अध्यक्ष धनबहादुर घलेले बताउनुभयो ।
यस वर्ष लिःल (घले) जातिको ऐतिहासिक पर्व ल्होसर २०७५ खि ल्हो (कुकुर वर्ग) को बिदाई र फाह् ल्हो (मृग वर्ग) को आगमनको अवसरमा बृहत सांस्कृतिक झाँकी सहितको उत्सव आयोजना गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।