आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
भक्तपुर – भक्तपुरमा ३५० वर्षअघि अर्थात नेपाल सम्बत ७८७ सालभन्दा अघिबाट सुरु भएको सम्यक दान पर्व बौद्ध धर्मावलम्बीहरुले भव्य रुपमा मनाएका छन् ।
सम्यक दान पर्वमा पाँच दिपंकरसहित अन्य स्वर्ण दिपंकरका मूर्तिहरुलाई स्थानीय थथुवहीमा विराजमान गराई भक्तपुरको नियमित र ऐच्छिक सम्यक भोजन गराएर मनाइने गरिन्छ ।
चतुब्रम्ह महाविहारका बज्राचार्य जयरत्नले स्थापना गर्नुभएको यो पर्व भक्तपुरमा हरेक वर्ष माघ १ गते मकर संक्रान्तिका अवसरमा मनाईने गरिन्छ ।
सम्यक दानमा परम्परागत रुपमा स्थापना भएका बौद्ध विहारहरुमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षुहरु शाक्य र बज्राचार्य बन्धुहरुलाई भोजन, अन्न, दक्षिणा दिइएको थियो ।
भक्तपुर तथा उपत्यकाका विभिन्न स्थानबाट आएका बौद्ध धर्मावलम्बीहरुले दान गरेको सम्यक महादान व्यवस्थापन समितिका अध्यक्ष गणेश बज्राचार्यले बताउनुभयो ।
भक्तपुरमा रहेको प्रमुख पाँच दिपंकर बुद्धको प्रतिमूर्तिहरुलाई वर्षको दुईपटक सम्बन्धित विहारबाट बाहिर ल्याई जात्रा गर्ने प्रचलन अन्र्तगत सम्यक दान पर्वका दिन पाँच दिपंकर बुद्धको प्रतिर्मूतिहरु विराजमान गराइएको राजुमान बज्राचार्यले बताउनुभयो ।
काठमाडौँमा १२ वर्षको एकपटक स्वयम्भूको भुइख्याल, ललितपुरमा ५ वर्षमा एकपटक नागबहाल र भक्तपुरमा प्रत्येक वर्ष नियमित रुपमा यो पर्व मनाइने गरेको छ ।
भक्तपुरमा प्रत्येक वर्ष नःपुखु (गुह्य पोखरी) को पश्चिम थथुवहीको परिसरमा रहेको भूइख्याल क्षेत्रमा सम्यक भोजन दान गरिने चलन रहेको देवचन्द्र बज्राचार्यले बताउनुभयो ।
यस अन्तर्गत धर्तीमा उब्जनी भएका सबै व्यञ्जन र विशेष परिकार बनाएर चढाउने र भिक्षा दाने परम्परा रहेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।