अहेवलाई स्वास्थ्य चौकीको इञ्चार्ज बनाउन लागिएको भन्दै विरोधमा उत्रिए हेल्थ असिस्टेण्ट

 माघ २, २०७५ बुधबार १४:२१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अहेवहरुलाई स्वास्थ्य चौकीको इञ्चार्ज बनाउने प्रस्तावित दरबन्दी संरचना तत्काल खारेज गर्न सरकारलाई दबाब दिँदै हेल्थ असिस्टेण्ट संघ, नेपाल(हान)ले बुधबार काठमाण्डौमा विरोध प्रर्दशन गरेको छ । 

संघले बुधबार काठमाण्डौको माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्दै अहेवहरुलाई स्वास्थ्य चौकीको इञ्चार्ज बनाउने प्रस्तावित दरबन्दी संरचना तत्काल खारेज गर्न सरकारलाई दबाब दिएका थिए । 

शैक्षिक योग्यता र लोकसेवा आयोगको प्रक्रिया विपरीत उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले अहेवलाई स्वास्थ्य चौकीहरुको जिम्मेवारी दिने गरी दरबन्दी संरचनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् कार्यालयमा पेस गरेपछि त्यसको विरोधमा प्रर्दशन गर्नु परेको संघका सल्लाहकार गोविन्द गिरीले जानकारी दिनुभयो । 

सरकारले प्रस्तावित दरबन्दी संरचनाबाट जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसक्ने पनि बताएका छन् । उनीहरुले १० महिना तालिम लिएका अहेवहरुले स्वास्थ्य चौकीको नेतृत्व गर्नै नसक्ने पनि स्पष्ट पारेका छन ।

संघले योग्यता नै नपुगेकाहरुलाई अस्पतालको जिम्मेवारी दिने गरी दरबन्दी संरचना तयार पारेको उल्लेख गर्दै मान्य नहुने चेतावनी पनि दिएको छ । प्रर्दशनकारीहरुले स्वास्थ्य सेवालाई झनै धराशायी बनाउने गरी त्यो दरबन्दी प्रस्ताव ल्याएको उल्लेख गर्दै सरकारविरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए ।

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया