पूर्वमन्त्री विक्रम पाण्डेले विशेष अदालतमा धरौटी बुझाए

 माघ २, २०७५ बुधबार १९:४१:५२ | उज्यालो सहकर्मी

काठमाण्डाै - विशेष अदातलले पूर्वमन्त्री विक्रम पाण्डेसँग ४ करोड धरौटी लिएकाे छ ।

सिक्टा सिंचाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा कालिका कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका पूर्वमन्त्री पाण्डेले ४ करोड रुपैयाँ धरौटी बुझाउनुभएकाे हाे ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले पाण्डेलाई ४ करोड रुपैयाँ धरौटीमा लिने फैसला गरेको अदालतका रजिष्ट्रार भीम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

तर पाण्डेले आफू धरौटी बुझाएर रिहा भएको नभई अदालतले मागेअनुसारको धरौटी रकम कम्पनीले बुझाएको बताउनुभयो । 'म पक्राउ पनि परेको छैन र फरार पनि भएको छैन' उहाँले उज्यालो अनलाइनसँग भन्नुभयो, 'अदालतले बिगो बराबरको १ दशमलव ९ प्रतिशत धरौटी मागेको थियो, कम्पनीले बुझाएको हो ।'

सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै अख्तियारले गएकाे मंसिर २१ गते पाण्डेविरुद्ध दुई वर्ष कैद र २ अर्ब १३ करोड ७६ लाख रुपैयाँ विगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया