आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
मोरङ – कटहरी गाउँपालिकाबाट ६ जना बालकको उद्दार गरिएको छ ।
कटहरी गाउँपालिका वडा नम्बर–५, कृष्ण प्रणाम इट्टा भट्टामा काम गर्ने १६ वर्ष मुनिका ६ जना बालकको प्रहरीले उद्दार गरेको हो । उनीहरुलाई गैह्र कानुनी रूपमा श्रममा लगाइरहेको अवस्थामा उद्धार गरी पूर्वाञ्चल अनाथ आश्रम बिराटनगरमा पठाइएको छ ।
भारत कुछविहार महग कुमार माताभाङ बस्ने मोपिदुल मियाको १६ वर्षका छोरा रुवेल मिया, भारत छितेही बंगाल बस्ने चाँदकिशोर विश्वासको १६वर्षका छोरा कासन कुमार विश्वास, भारत छितेही बस्ने चाँदकिशोर विश्वासको १४ वर्षका छोरा राजकुमार विश्वास, भारत बंगाल शितलखोशी बस्ने मसिदुल मियाको १४ वर्षका छोरा काउछर आलम, भारत बंगाल गोलेनाहाटी बस्ने नजिरुल मियाका ११ वर्षका छोरा रुवेल मिया र मोरङको भौडाहा बस्ने राजु सरदारका १३ वर्षका छोरा मोहन सरदारलाई प्रहरीले उद्दार गरेको हो ।
त्यस्तै प्रहरीले इट्टा संचालकलाई समेत नियन्त्रणमा लिएर श्रम कार्यालयमा बुझाएको छ । इट्टा भट्टाका संचालक जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नम्बर ३ का ४७ वर्षका फणिन्द्रबहादुर ढकाललाई आवश्यक कारबाहीको लागि श्रम तथा रोजगार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।