आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – सरकारले अन्तर्राष्ट्रिय स्तरको सुख्खा बन्दरगाह शिलान्यास गरेकोमा काठमाडौं चोभारका बासिन्दाले विरोध जनाएका छन ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस अन्तर्राष्ट्रिय स्तरको सुख्खा बन्दरगाह शिलान्यास गर्नु अघि नै त्यो कार्यक्रम स्थलमा भेला भएका स्थानीयले त्यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने आफूहरुको चाहनाप्रति सरकारले आघात पारेको उल्लेख गर्दैै विरोध गरेका हुन ।
चोभारजस्तो ऐतिहासिक स्थललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफूहरुको चाहना विपरीत सरकारले त्यस बन्दरगाह निर्माण गर्न लागेकाले आफूहरुले त्यसको विरोध गरेको स्थानीयबासीको भनाई छ ।
उनीहरुले सरकारले आफूहरुसँग छलफल नै नगरी त्यस बन्दरगाह निर्माणको काम अघि बढाएकोमा पनि आपत्ति जनाएका छन । स्थानीयले त्यस सुख्खा बन्दरगाहको नाममा सरकारले त्यस क्षेत्रको अन्य जग्गा पनि अतिक्रमण गर्न सक्ने आशंका पनि व्यक्त गरेका छन ।
सुख्खा बन्दरगाहको जग्गा अपुग भएको भन्दै सरकारले पछि स्थानीयको जग्गा पनि हडप्न सक्ने सम्भावना पनि स्थानीयले औंल्याएका छन । हिमाल सिमेन्ट कारखानाले रोजगारी दिए पनि बन्द भएपछि क्षर्तिपूर्ति नदिएकोमा पनि स्थानीयवासीको आपत्ति छ ।
उनीहरुले सुख्खा बन्दरगाह बनेपछि विकृति पनि सँगै भित्रिने र त्यसले स्थानीय युवाहरुलाई बिगार्ने भन्दै असन्तुष्टि पनि जनाएका छन । पर्यटकीय क्षेत्र बनाउने स्थानीय चाहना विपरीत सुख्खा बन्दरगाह शिलान्यास गरेपछि स्थानीय आक्रोशित भएका हुन ।
स्थानीय नागरिकले विरोधले गरेपछि कडा सुरक्षा घेराबीच सुख्खा बन्दरगाह प्रधानमन्त्री ओलीले बिहीबार शिलान्यास गर्नु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।