आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि शुक्रबारदेखि सबै स्थानीय तहमा रोजगार संयोजक भर्ना प्रक्रिया सुरु गर्ने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी गराएको हो । मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि शुक्रबार राष्ट्रिय दैनीकमा सार्वजनिक सूचना प्रकाशित गर्ने भएको छ ।
मन्त्रिपरिषद्ले रोजगार संयोजक नियुक्तिका लागि दरबन्दी र रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड २०७५ स्वीकृत गरिसकेपछि मन्त्रालयले भर्ना प्रक्रिया अघि बढाएको हो । मन्त्रालयका सहसचिव एवं प्रधानमन्त्री रोजगार कार्यक्रम प्रमुख प्रकाश दाहालले १ वर्षका लागि करारमा रोजगार संयोजक भर्ना गर्ने गरी शुक्रबारदेखि दरखास्त आब्हानको सूचना प्रकाशित गरिने जानकारी दिनुभयो ।
मन्त्रालयले १० हजारभन्दा कम जनसंख्या भएका ४८ वटा स्थानीय तहमा राजपत्रअंकित प्रथम श्रेणी(नासु सरह)को र १० हजारभन्दा बढी जनसंख्या भएका बाँकी स्थानीय तहमा शाखा अधिकृत सरहको दरबन्दी श्रृजना गरेको छ ।
स्वीकृत दरबन्दीमा शुक्रबारदेखि अनलाई फारम भर्ने व्यवस्थासहितको कम्युटर प्रणालीको विकास गरिएको छ । इच्छुक उम्मेदवार आफैँले अनलाइन फारम भर्न सक्नेछन् । मन्त्रालयले लोकसेवा आयोगले तोकेको शैक्षिक योग्यताकै आधारमा संयोजक भर्ना गर्न लागेको हो । रोजगार व्यवस्थापन सूचना प्रणाली भएकाले मन्त्रालयले सामान्य कम्युटर प्रणालीबारेको शिक्षालाई अनिवार्य बनाएको छ ।
रोजगार संयोजक छनौट तीन चरणमा गरिने र सबै चरण कम्युटर प्रणालीबाट गरिने भएको छ । न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रमा प्राप्त गरेको प्रतिशतबापत ७० अंक, माथिल्लो तहको शैक्षिक योग्यता बापत थप २० प्रतिशत, २ वर्षभन्दा बढी अनुभव भएकालाई थप १० प्रतिशत अंक दिइने छ ।
पहिलो चरणमा सबै मापदण्ड अनुसार सफ्टवेयर प्रणालीबाट प्रत्येक स्थानीय तहमा तीनजनाको दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिस्टमा निकालिने छ । त्यसपछि २५ वटा बहुबैकल्पिक प्रश्न राखेर सर्टलिस्टमा छानिएका उम्मेदवारको अनलाइनमार्फत कम्युटर ज्ञानको परीक्षा लिइने छ ।
कम्युटर ज्ञानको नतिजा पनि सफ्टवेयर मार्फत नै तत्काल निस्कने मन्त्रालयले जनाएको छ । मन्त्रालयले फागुनभित्र सबै प्रक्रिया पूरा गरी रोजगार संयोजक नियुक्ति गरिसक्ने र चैत्र १ गतेबाट बेरोजगारहरुको सूचीकृत गर्ने काम सुरु हुने दाबी गरेको छ ।
रोजगार संयोजकले बेरोजगार, रोजगारदाता, रोजगार दिने संस्थालगायतको सूचना संकलन गर्ने छन् । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गङ्गाराम गड्तौला
Jan. 18, 2019, 2:34 p.m.बेरोजगार वा अर्धबेरोजगार शिक्षित वा दक्ष सिपयुक्त जनशक्तिलाई अवसर दिनुपर्यो । हामी कहिल्यै पूर्ण रोजगार बनेनौं । योग्यता पनि छ । काम गर्ने क्षमता पनि छ ।उमेरकै आधारमा हामी अयोग्य बन्नु हुन्न । कमसे कम एक पटकका लागि उमेर हद नराखियोस्