एनआईसी एसिया बैंककाे ऋणपत्र निष्कासन, १० प्रतिशत ब्याज दिने

 माघ ३, २०७५ बिहिबार २०:५७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनआईसी एसिया बैंक लिमिटेडले बिहीबार ‘एनआईसी एसिया डिबेन्चर २०८५-८६’ बिक्रीको लागि सार्वजानिक आह्वान गरेको छ । 

१० प्रतिशत वार्षिक ब्याजदर दिने गरी १ हजार रुपैयाँ प्रतिकित्ताको दरले ४० लाख कित्ता रहेको ४ अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्रको ब्याज ६ ६ महिनामा झुक्तानी गरिने र ऋणपत्रको अवधि १० वर्षको हुने बैंकले जनाएको छ । 

४ अर्बको ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैपाँ बराबर व्यक्तिगत तवरमार्फत निष्कासन गरिएको छ । त्यस्तै बाँकी ४० प्रतिशत अर्थात १ अर्ब ६० करोड रुपैयाँ बराबर भने सर्वसाधारण लगानीकर्ताको लागि निष्कासन गरिनेछ । 

यसरी निष्कासित ऋणपत्रको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
उक्त ऋणपत्रको माघ १३ गतेदेखि सर्वसाधारणको लागि बिक्रि खुला हुनेछ भने छिटोमा  १६ गते र ढिलोमा फागुनको १३ गतेसम्म खुल्ला रहने छ । 

उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड ९ल्भ्एक्भ्० मा सूचीकरण गरिने बैंकले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया