आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
तेह्रथुम - डिभिजन वन कार्यालय तेह्रथुमले कार्यालय परिसरमा रहेका ५७ वटा रुख आफैले कटान सुरु गरेको छ ।
मन्त्रीपरीषद्को स्वीकृति लिएर कार्यालयले रुख काट्न सुरु गरेको हो ।
हावाहुरीका कारण रुख ढल्ने र केही बुढा भएर ढल्ने अवस्थामा पुगेकाले सुरक्षाका कारण कार्यालय परिसरभित्र हुर्किएका सबै रुख काट्नुपर्ने भएको निमित्त वन अधिकृत श्रीनारायण साहले बताउनुभयो ।
साहका अनुसार हावाहुरीले रुखका हाँगा भाँचेर कार्यालय परिसर वरपर खस्दा सेवाग्राही र कर्मचारीसमेतलाई लाग्ने र ठूला हाँगा भाँचिदा कार्यालय भवन भत्काउने जोखिम भएकाले रुख काटिएको हो ।
वि.सं.२०७४ वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले डिभिजन वन कार्यालयले माग गरेका रुखको सङ्ख्या पक्का गरी काट्न स्वीकृति दिएको थियो ।
कार्यालय परिसरमा हुर्किएका सल्ला, मसला, चिलाउने, सिरीस आदि जातका रुख काट्नुपर्नेछ । यसरी ९ सय ६८ क्युविक फीट काठ कटान गरी लैजान ठेकेदारलाई स्वीकृति दिएको निमित्त वन अधिकृत साहले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।