सम्झनामा डाेरबहादुर: ‘जो अलप भए तर सम्झनाबाट कहिल्यै ओझेल परेनन्’

 माघ ४, २०७५ शुक्रबार १९:८:५ | रासस
unn.prixa.net

काठमाण्डाै - विसं २०५२ पुसको एक दिन चैतमा जुम्ला फर्कन्छु भनी हिँडेका उनी फेरि फर्केनन् । कसैले धनगढीमा देखेको भने । कसैले उनी हरिद्वारमा जोगी भएर बसेका भने । परिवारले पनि निकै खोजी गर्‍यो । आमाको निधनमा बुवा आउनुहुन्छ कि भनी छोराछोरीले निकै प्रचारप्रसार गरे, अहँ उनी आएनन् ।

तैपनि परिवारले उनको सम्झनामा हरेक वर्ष चैत्य बनाएर त्यहाँ उहाँका निजी वस्तु राखेर आजको दिन केही न केही कार्यक्रम गर्छ ।

नेपाली मानवशास्त्रका पिता डोरबहादुर विष्ट हराएको २३ वर्ष भयो । बाँचेका भए आज ९३ वर्ष पुगेका हुन्छन् । नेपालमा मानवशास्त्र एवं समाजशास्त्रको अध्ययनअध्यापन र अनुसन्धान गराउने प्रथम व्यक्तित्व विष्टको ‘फेटलिज्म एण्ड डेभलपेण्ट’ -भाग्यवाद र विकास पुस्तक निकै चर्चित भयो ।

भाग्यमा विश्वास राख्ने कारण र ब्राह्मणवादले नेपाली समाजको विकास नभएको भन्ने निष्कर्ष त्यसमा थियो । कृतिमा नेपाली समाजको तत्कालीन स्थिति, मानसिक अवस्था आधुनिकतामा पुस्तकले निकै विवाद पनि ल्यायो । उहाँले विसं २०४८ मा कर्णाली इन्स्टिच्यूट खोली कर्णालीका जनतालाई शिक्षा, विद्युत् आदि पूर्वाधार पुर्‍याएका थिए ।

उनका ‘सबै जातको फूलबारी’, ‘पिपल अफ नेपाल’, ‘एन्थ्रोपोलोजी इन नेपाल’लगायत मानवशास्त्र र समाजशास्त्रसँग सम्बन्धित पुस्तकका साथै ‘सोताला’९तिब्बतमा नेपाली पति र तिब्बती पत्नीबाट जन्मेका सन्तानको कथा० शीर्षक उपन्यास र केही कथा प्रकाशित छन् ।

भाग्यवाद र विकास कृति नेपाली पनि अनुवाद भइसकेको छ जसको प्रकाशन हुन मात्र बाँकी रहेको अनुवादक वसन्त थापाले जानकारी दिनुभयो । 

डोरबहादुरका पुत्र पूर्वमन्त्री केशरबहादुर विष्टले माओवादीले बुवाले कर्णालीमाथि आठ वर्ष लगाएर अनुसन्धान गरेका कागजपत्र जलाएर भयङ्कर गल्ती गरेको बताउँदै इन्स्टिच्यूट मर्मतका लागि त्यहाँको स्थानीय तहले रु आठ लाख छुट्याएको र अनुसन्धान गर्न चाहनेका लागि दुई कोठा उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले बुवाले ३०–४० वर्ष लगाएर खिंचेका हजारौँ तस्बिर भने घरमा सुरक्षित रहेको बताउनुभयो । 

त्रिवि मानवशास्त्र विभागमा प्रमुख डम्बर चेम्जोङले विभागले उनका योगदानलाई संस्थागत एवं व्यवस्थित गर्ने तथा मानवशास्त्र र समाजशास्त्र विषयको पाठ्यक्रममा उनको जीवनी र योगदान पनि समावेश गरिने जानकारी दिनुभयो । 

विष्टका शिष्य प्रा डा विन्दु पोखरेल र राम क्षेत्रीले विष्टले कक्षामा नेपाली संस्कृति र समाजलाई रोचक ढङ्गले व्याख्या गर्ने तथा आफ्ना भोगाइहरु पनि प्रस्तुत गरेर समाज चिनाउन अझ बढी मेहनत गर्ने बताउँदै सहाना प्रधान र मीना आचार्य आदि तथा अहिलेका पहिचान, अन्तरजातीय विवाह र वैदेशिक रोजगारी विषयमा अध्ययनअनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा विष्टको जीवनी र योगदानमा आधारित सचिन घिमिरे र गौरव केसीद्वारा तयार गरिएको ‘डिसएपरियरिङ इन मिस्ट’९कुहिरोमा हराउँदा०विषयको छ वर्ष लगाएर बनाइएको ९२ मिनेटको वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

वृत्तचित्रमा विष्टकी छोरीले बुवाले आफू बित्दा सन्तान वा परिवारले संस्कार गर्न नपर्ने गरी अलप हुने भनेर धेरैचोटि बताएको कुरा थाहा पाउन सकिन्छ । हाल मूर्तिकार रामकृष्ण भण्डारीले विष्टको मूर्ति बनाउँदै गरेको थाहा भएको छ । 
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया