छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
सर्लाही – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा रोकिराखेको बसमा ट्रक ठोक्किँदा तीनजनाको ज्यान गएको छ ।
काठमाण्डौबाट झापाको पशुपतिनगरका लागि छुटेको ना ४ ख ९७५४ नम्बरको बसमा ना ५ ख ७१२९ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा बसका यात्रु इलामका २७ वर्षीय गोबिन्द साउदेन, सुनसरीको इटहरी उपमहानगरपालिका १६ की ३० वर्षीया विनिता राई र ट्रकका चालक पर्सा वीरगञ्ज महानगरपालिका १९ इनररुवाका ३५ वर्षीय रहिम मियाँ रहेका छन् ।
उनीहरु तीनैजनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।