आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
कैलाली – अत्तरियामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुई समूहबीच भएको झडपका क्रममा धारिलो हतियार प्रहार हुँदा गोदावरी नगरपालिका १ का १९ वर्षीय अरुण भट्टको ज्यान गएको हो ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले अत्तरियामा चलिरहेको प्रादेशिक महोत्सव सकिएपछि घर फर्किने बेला भएको झडपका क्रममा धारिलो हतियार चलाउँदा भट्टको ज्यान गएको हो । उहाँका अनुसार भट्टको दायाँ र बायाँ छातीमा गहिरो चोट छ ।
घटना लगतै उनलाई अत्तरियाको पद्यमा अस्पताल लगिएको थियो। त्यहाँबाट सेती अञ्चल अस्पताल लैजादै गर्दा बाटोमै उनको ज्यान गएको हो । झडपमा भट्ट समूहका थप तीन जना घाइते भएका छन् । मृतकको शव सेती अञ्चल अस्पतालमा राखिएको छ । घटनामा संलग्नहरुको पहिचान खुलेको प्रहरीले जनाएको छ । तर उनीहरुको नाम भने गोप्य राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।