मेरा कुनै पनि कम्पनीमा वैदेशिक लगानी आएको प्रमाणित भए सरकारीकरण गरियोस् : अरुणकुमार चौधरी

 माघ ६, २०७५ आइतबार १२:३३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – व्यवसायी अरुणकुमार चौधरीले आफू र आफ्नो परिवारको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा कुनै पनि कम्पनी नभएको बताउनु भएको छ । 

केही दिनअघि खोज पत्रकारिता केन्द्र (खोपके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ् इन्भेस्टिगेटिभ जर्नालिस्टस(आईसीआईजे)को सहकार्यमा तयार पारेको रिपोर्टमा चौधरी र उहाँको परिवारको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा अर्सिन लिमिटेड कम्पनी दर्ता  भएको उल्लेख गरेको थियो । चौधरीले आइतबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आफू र आफ्नो परिवारको कुनै संलग्नता नभएको स्पष्ट पार्नुभएको छ ।

सीआईजेको रिपोर्टमा उल्लेख भएको कम्पनी १५ वर्ष पहिला खुलेको र ६/७ वर्ष पहिला स्ट्राइक अफ् भइसकेको पनि प्रेस विज्ञप्तिमा उल्लेख छ । 

आफूहरु रिर्पोटमा उल्लेख गरिएको देशमा अहिलेसम्म यात्रा नगरेको बताउँदै भन्नुहुन्छ, ‘यस विज्ञप्तिमार्फत म र मेरो परिवारको त्यस कम्पनीमा कुनै पनि आबद्धता र सरोकार नभएको जानकारी गराउँदछु । जुन देशमा हाम्रो परिवारको नाममा कम्पनी छ भनेर दाबी गरिएको छ, त्यहाँ हाम्रा कुनै पनि परिवारका सदस्यले अहिलेसम्म यात्रा समेत गरेका छैनन्, जुन कुरा हाम्रो ट्राभल रेकर्ड हेर्दासमेत प्रष्ट हुन्छ ।’

छोराहरु धेरै सानो हुँदा बेलायतका साथीहरुले छोराहरुलाई बेलायतमा पढाउने हो भने पनि कम्पनी खोल भने पनि नखोलेको उहाँले बताउनुभयो । प्रेस विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘ट्याक्स हेभन देशमा कम्पनी दर्ता गर्न सकिने त्यस बेलाको सहज व्यवस्थाको फाइदा ठाई कोही कसैले हाम्रो नाम दुरुपयोग गरेको भए, त्यो छानबिनको विषय बन्न सक्ला ।’ 

आफ्नो मेरो कुनै पनि स्विस बैंकमा खाता नभएको बताउँदै चौधरीले सिजी होल्डिंग्स समूहले प्रवर्द्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स देशबाट लगानी नआएको स्पष्ट पार्नुभयो । 

आफ्नो नेतृत्वमा रहेको कम्पनीमा वैदेशिक लगानी नआएको स्पष्ट पार्दै चौधरी भन्नुहुन्छ, ‘अहिलेसम्म मेरो नेतृत्वमा सञ्चालित कुनै पनि कम्पनीको नाममा वैदेशिक लगानी(एफडीआई) आएको छैन । अझ मेरो नाममा स्वदेशमा अस्तित्वमा रहेका कम्पनीहरुमा म र मेरो श्रीमतीबाहेक अरु कसैको लगानीसमेत छैन । मेरा कुनै पनि कम्पनीमा एफडीआई आएको प्रमाणित भए त्यसलाई सरकारीकरण गरियोस् ।’ 
 

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया