आईसीयूमा उपचार गराइरहेका डाक्टर गोविन्द केसीलाई वार्डमा सारिँदै

 माघ ६, २०७५ आइतबार १५:३३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शिक्षण अस्पतालको आईसीयूमा उपचार गराइरहेका डाक्टर गोविन्द केसीलाई वार्डमा सार्ने तयारी भएको छ ।

केसीले आईसीयूमा भन्दा आफूलाई वार्डमा नै राख्न आग्रह गरेकाले सार्न लागिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । अरु बिरामीले आईसीयूमा शैय्या नपाएको भन्दै केसीले आफूलाई वार्डमा सार्न आग्रह गरेका उहाँका समर्थकले बताएका छन् ।

यस्तै उहाँको स्वास्थ्य अवस्थाबारे पछिल्लो रिपोर्ट पनि केहीबेरमा सार्वजनिक गर्ने तयारी छ । केसी १२ दिनदेखि अनसनमा हुनुहुन्छ ।

डाक्टर गोविन्द केसीको समर्थनमा आइतबार देशभरका आवासीय डाक्टरले कालाेपट्टी बाँधेर विरामी जाँचिरहेका छन् । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया