४० केजी लागुऔषध चरेससहित तौलिहवामा २ भारतीय नागरिक पक्राउ

 माघ ६, २०७५ आइतबार १९:२०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – ४० के.जी. लागुऔषध चरेससहित २ जना भारतीय नागरिकलाई प्रहरीले आइतबार बिहान कपिलवस्तुबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मोतीहारी जिल्ला, पुर्वी चम्पारन थाना रक्सौल ग्राम परेउवाका ३२ वर्षीय ताहिर अली र त्यसै ठाउँका ३२ वर्षीय मोहम्मद आलम रहेको प्रहरीले जनाएको छ । 

विशेष सुराकीका आधारमा प्रहरीले कपिलवस्तु नगरपालिका वडा नं–१, बहादुरगञ्ज जाने चोकबाट पैदल हिँडिरहेका उनीहरुलाई पक्राउ गरेको हो । कपडा बोक्ने ३ वटा झोलाभित्र ४ वटा ग्यालेनमा ससाना प्लाष्टिक भित्र पुरिया बनाएर लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताउनु भयो । 
पक्राउ परेका उनीहरुलाई आइतबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । 

पक्राउ परेका २ जनाबाहेक हुनसक्ने अन्य संलग्न व्यक्तिहरुको बारेमा समेत सूक्ष्म अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक रावलले बताउनु भयो ।
पक्राउ परेका २ जनालाई जिल्ला अदालतबाट ५ दिनका लागि थप अनुसन्धान गर्न म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा थुनामा राखिएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया