नविना लामाले घरभाडा फिर्ता गर्ने

 माघ ६, २०७५ सोमबार ५:४०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेकपा सांसद नविना लामाले घरभाडा फिर्ता गर्ने बताउनुभएको छ।  संसद् सचिवालयमा यसअघि काठमाण्डौमा घर भएको जानकारी गराए पनि भाडा उपलब्ध गराइरहेको उहाँको भनाई छ। विवाह गर्नुअघि बुबाको घरमा र विवाह पछि ससुराको नाममा रहेको घरमा बस्ने गरेको उहाँले उल्लेख गर्नुभएको छ।

संसद् सचिवालयले काठमाण्डौमा घर भएका र नभएका विवरण फारम भराउँदा आफूले काठमाण्डौमा घर भएको पहिले नै उल्लेख गरेकी उहाँको भनाई छ । आइतबार विज्ञप्ति निकालेर उहाँले भन्नुभएको छ, ,‘संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद् सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुःख व्यक्त गर्दछु ।’

सचिवालयको अभिलेखमा भाडा लिने सूचीमा आफ्नो नाम परेकोमा आश्चर्यमा परेको भन्दै उहाँले अहिलेसम्म लिएको घरभाडा कट्टा गर्न सचिवालयलाई आग्रह पनि गर्नुभएको छ ।

अन्तिम अपडेट: भदौ १३, २०७६

तपाईको प्रतिक्रिया