मौसममा बदली, पश्चिममा पानी पर्न सक्ने

 माघ ७, २०७५ सोमबार ९:१४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पश्चिमी वायुको प्रभावले सोमबार पश्चिमी भूभागसहित देशभरको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

सुदूर र मध्य पश्चिममा दिउँसो आंशिक बदली हुने र छिटफुट पानी पर्न सक्ने महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । पश्चिमी वायुको प्रभाव मध्य क्षेत्र हुँदै भोलिसम्ममा काठमाण्डौ आइपुग्ने उहाँले बताउनुभयो । त्यसैगरी हिमाली भेगका एकदुई ठाउँमा हल्का हिमपात हुने सम्भावना छ ।

सोमबार सामान्यता पूर्वी नेपालमा मौसम सफा रहनेछ । काठमाण्डौको सोमबार बिहानको न्युनतम तापक्रम ४ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुग्ने अनुमान छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया